देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

८ महिनादेखी वीर अस्पतालका १४ सय कर्मचारीले तलव पाएनन्

0

काठमाडौं – देशकै ठूलो र पुरानो वीर अस्पतालमा काम गर्ने कर्मचारीरुले बिगत ८ महिनादेखि सेवा बिस्तार भत्ता र शैक्षिक भत्ता, कोभिड भत्ता, जोखिम भत्ता पाउन सकेका छैनन्  ।

स्नातकोत्तर र सो भन्दा माथिको अध्ययन अध्यापन हुने वीर अस्पतालमा दैनिक २ हजारदेखि २ हजार ५  सय जनासम्म बिरामी उपचारका लागि आउँछन् ।अस्पतालमा झन्डै १ हजार ४ सय संख्यामा कर्मचारी छन् । जसमा प्रतिष्ठान सेवाका कर्मचारी सय जना रहेका छन् भने स्वास्थ्य तथा निजामती सेवाका गरी काजमा ७ सय हाराहारीमै कार्यरत छन् । ती कर्मचारीहरुले दुई महिनादेखि तलव पाएका छैनन् ।

हाल निर्देशक पद रिक्त छ भने भएका पदाधिकारीले तलव खुवाउने कुनै पहलै गरेका छैनन् । कर्मचारीहरू योग्य र अस्पतालभित्रै काम गरेका चिकित्सकलाई निर्देशक बनाउनुपर्ने पक्षमा छन् । जसमा डा. भूपेन्द्र बस्नेत, डा दीपेन्द्र श्रेष्ठ र डा रमिला श्रेष्ठको चर्चा छ ।

अस्पतालको आम्दानी बढाउन कर्मचारीहरूले पकट पटक सेवा सुधार तथा बिस्तार, बिग्रिएको उपकरण मर्मत, नयाँ सर्जिकल भवन संचालन गर्ने माग गरे पनि हालका पदाधिकारीहरूको जुगाको लडाईले सो संचालन र मर्मत भएको छैन । तर्सथ तत्काल नयाँ निर्देशक नियुक्त गर्न कर्मचारी ले माग गर्दैआएका छन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार