देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

बागमती प्रदेशमा कर्मचारी भर्ना प्रक्रिया सुरु गरिने

0

(हेटौंडा) – बागमती प्रदेशको प्रदेश लोकसेवा आयोगले कर्मचारी भर्ना प्रक्रिया शुरु गर्ने जनाएको छ । आयोगका अध्यक्ष सुरेशमान श्रेष्ठले चालू आवको असार मसान्तसम्ममा प्रदेश र स्थानीय तहका लागि आवश्यक पर्ने कर्मचारीमध्ये केही सख्या मात्रै भए पनि कर्मचारी भर्ना प्रक्रिया शुरु गर्ने जानकारी दिए ।

उनले प्रदेशमा थुप्रै पद खाली भएको उल्लेख गर्दै आवश्यकता र प्राथमिकताका आधारमा भर्ना प्रक्रिया अगाडि बढाइने बताए । कर्मचारीले विभिन्न कारणले राजीनामा दिएका कारण पनि हाल प्रदेशमा ठूलो सफ््यामा विभिन्न पद रिक्त रहेको जनाइएको छ ।

तह बढुवा गर्नका लागि मात्रै प्रदेश र स्थानीय तह रोजेका कर्मचारीले धमाधम राजीनामा दिन थालेका जनाइएको छ । यसरी राजीनामा आउन थालेपछि प्रदेश र स्थानीय तहमा कर्मचारी अभावका कारण काम गर्न समस्या भइरहेको छ । उक्त समस्या समाधानका लागि प्रदेशको लोकसेवा आयोगले असार महिनासम्म पहिलो चरणमा कर्मचारी भर्ना गर्न लागेको हो ।

अध्यक्ष श्रेष्ठले प्रदेश र स्थानीय तहमा जुन पदमा धेरै कर्मचारी आवश्यक छ त्यही पदमा पहिलो चरणमा कर्मचारी भर्ना गरिने बताए । यसैबीच प्रदेशमा आइसकेका एक सयभन्दा बढी कर्मचारीले राजीनामा दिएका छन् । संघीय सरकार मातहत रहेका कर्मचारी प्रदेश मातहत आउने अनि राजीनामा दिने क्रम बढेर गएको छ ।

संघबाट प्रदेशमा आउादा कर्मचारी दुई तहसम्म बढुवा भएका थिए । बढुवा भएपछि राजीनामा दिादा उपदान रकम पनि बढी आउने भएकाले प्रदेशमा आएर राजीनामा दिने प्रचलन बढ्न थालेको हो । रासस

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार