देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

३२१०० डायल गरी कोभिड-१९ बारे जनचेतनामूलक सामग्री सुन्न सकिने

0

(काठमाडाैं) – नेपाल टेलिकमले ३२१०० नम्बर डायल गरी कोरोना भाइरस (कोभिड-१९) जानकारीमूलक उपयोगी सामग्री आफ्नो मोबाइल निशुल्क सुन्न सकिने व्यवस्था गरेको छ ।

प्रवक्ता राजेश जोशीले बिहीबार विज्ञप्ति जारी गरी टेलिकमको एनटी सूचनाको संसार’ सेवामार्फत कोभिड–१९ बारे जानकारीमूलक उपयोगी सामग्री आफ्नो मोबाइल मार्फत ३२१०० नम्बर डायल गरी निशुल्क सुन्न सकिने व्यवस्था गरेको जनाएको छ ।

उक्त नम्बरमा कल गरे पश्चात् कोरोना भाइरस (कोभिड–१९) के हो, यसका लक्षणहरु, फैलने तरिका, उपचार विधि, संक्रमणबाट बच्न अपनाउनु पर्ने उपायहरु र अपनाउनु पर्ने सावधानी बारे विश्व स्वास्थ्य संगठनले जारी गरेका सूचकहरुका बारेमा जानकारी प्राप्त गर्न सकिन्छ ।

साथै यस सम्बन्धी थप जानकारी लिनका लागि नेपाल सरकारका हटलाइन नम्बरहरु समेत यहींबाट थाहा पाउन सकिन्छ ।

नेपाल टेलिकमले गत असार महिना देखि नै एनटी सूचनाको संसार’ सेवा कम्पनीका मोबाइल ग्राहकलाई उपलब्ध गराइरहेको छ ।

यो एक प्रकारको कल–इन सिष्टम हो, जसमा नेपाल टेलिकमको मोबाइलमार्फत ३२१०० मा कल गरेर ध्वनी निर्देशन पालना गरी नेपाली भाषामा कृषि, स्वास्थ्य, समाचार, मौसम, प्राकृतिक विपत् सम्बन्धी विभिन्न जानकारी निःशुल्क प्राप्त गर्न सकिन्छ ।

विभिन्न जानकारीहरु नेपाली भाषामा सुन्न पाइने हुनाले एनटी सूचनाको संसार’ सेवाबाट ग्राहकवर्ग लाभान्वित हुने टेलिकमको विश्वास छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार