Madhyabindu News App
आर्थिक

बिग मार्टको ‘दशैं तिहार सुपथ पसल’

Madhyabindu Online


A A- A+

काठमाडौँ, साझा खवर संवाददाता – बिग मार्टले चाडवाडलाई लक्षित गरेर दशैं तिहार र छठ अफर ल्याएको छ । अफर योजना अर्न्तगत करीब २ सय समानहरुमा ५ रुपैयाँ देखि २ सय ५१ रुपैयाँसम्म छुट दिइएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार सनफ्वार तेल देखि जिरा मसिनो चामल सम्मका खाद्यन्नमा छुट दिइएको छ । जसअनुसार अम्रित सन फ्लावर तेलमा प्रतिलिटर ५ रुपैयाँ, मसुरो दालमा प्रतिकिलो १५ रुपैयाँ, चिउरामा १० रुपैयाँ, चनामा ६ रुपैयाँ छुट दिएको कम्पनीले विज्ञप्ति मार्फत जनाएको छ । डिडिसी घिउमा प्रतिकिलो ५० रुपैयाँ छुट दिइएको छ ।

धारा तेलमा १८ रुपैयाँ र चिनीमा प्रति रुपैयाँ ७ रुपैयाँको दरले छुट दिएको बिगमार्टका आर्थिक प्रशासन प्रमुख विवेक देवले बताए । यस्तै, जिरा मसिनो चामलमा प्रति बोरा १ सय २६ रुपैयाँ छुट दिइएको छ । उक्त छुट आफ्नो ३७ वटै शाखाबाट दिइएको उनले बताए ।

‘चाडवार्डको अवसरमा सरकारले पनि सहुलियत पसल सन्चालन गर्न आग्रह गरेको थियो,’ प्रमुख देवले भने, ‘सोही अनुसार हामीले सहुलियत पसल सन्चालन गरेका छौ ।’ बिगमार्टले बजारको मूल्यमा नै तरकारी तथा फलफूल उपलब्ध गराउँदै आएको छ ।

यसका साथै हरेक दिन बेलुका तरकारीहरुमा विशेष छुटको व्यवस्था गरेको कम्पनीले जनाएको छ । घरायसी प्रयोजनका लागि प्रयोग हुने खाद्य सामग्री, सरसफाईका सामग्री तथा पेय प्रदार्थ लगायतमा पनि विशेष छुट दिइएको बिगमार्टले जनाएको छ ।

छुटाउनु भयो कि ?