Madhyabindu News App
भिडियो

‘हाउसफुल ४’को ट्रेलर सार्वजनिक (भिडियो)

Madhyabindu Online

एजेन्सी – बलिउड चलचित्र ‘हाउसफुल ४’को ट्रेलर सार्वजनिक भएको छ । अक्टुबर २५ तारिखबाट रिलिज हुन लागेको चलचित्र ‘हाउसफुल ४’को ट्रेलर सार्वजनिक भएको हो ।

६ सय वर्ष पूरानो इतिहास र कमेडीले दर्शकलाई हसाँउने प्रयास यो फिल्मले गरेको छ । सार्वजनिक ट्रेलरलाई पूनःजन्मको कथालाई कमेडीको माध्यमबाट प्रस्तुत गरिएको छ । यो फिल्ममा सबै कलाकारको पुर्नजन्मलाई समावेश गरिएको छ ।

यसअघिका सिरिज हिट भएकाले पनि यो चलचित्र प्रतिक्षामा छ । चलचित्रमा मुख्य कलाकारहरु २ नामबाट परिचित भएको देखाइएको छ । सन् १४१९ र सन् २०१९ को कथालाई चलचित्रले कमेडीको माध्यमबाट प्रस्तुत गरेको छ ।

६५ दिनमा तयार भएको यो फल्मको बजेट पनि ८० देखि ८५ करोड भारु रहेको भारतीय संचार माध्यमले जनाएको छ ।
साजिद नाडियाडवालाको लगानीमा तयार भएको यो चलचित्रमा अक्षय कुमार, रितेश देशमुख, बबी देवल, कृती सेनन, पुजा हेग्डे, कृती खर्बन्दाको मुख्य भूमिका छ । यो चलचित्रलाई फरहाद साम्जीले निर्देशन गरेका हुन् ।

https://www.youtube.com/watch?v=gcHH34cEl3Y

 

Tags

छुटाउनु भयो कि ?