Madhyabindu News App
आर्थिक

बजार अनुगमन टोली व्यापारीको घेराबन्दीमा, अटेर गर्ने व्यवसायीलाई कारबाही

Madhyabindu Online

काठमाडौँ – बजार अनुगमका लागि काठमाडौँको नयाँ बसपार्कस्थित बीजी मलमा पुगेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागको टोलीले व्यवसायीले अवरोध गरेको छ । अनुगमन गर्न पुगेको विभागको टोलीलाई असहयोग गर्ने ४ वटा पसलको कारोबार रोक्का गरिएको छ ।

आइतबार गोंगबूस्थित मलमा अनुगमन गर्न पुगेको सरकारी टोलीलाई असहयोग गर्दै व्यापारीहरुले पसल बन्द गरी अवरोध सिर्जना गर्न खोजेका थिए ।

विभागको टोलीले ती पसलमा २४ घन्टे पूर्जी टाँसेर २० हजार जरिवना सहित विभागमा उपस्थित हुन निर्देशन दिएको छ । २४ घन्टाभित्र विभागमा उपस्थित नभए पसलहरुमा शिलबन्दी गर्ने विभागका महानिर्देशक योगेन्द्र गौचनले जानकारी दिए ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवको सचिवालयका अनुसार मन्त्रीले पसल बन्द गरेर व्यापारीहरू भागेमा उक्त पसललाई सिल गर्न निर्देशन दिएका छन् ।

अनुगमन टोलीको सुरक्षाका लागि प्रहरी टोली खटाउन समेत मन्त्रीले आग्रह गरेको उनको सचिवालयले जनाएको छ । विभागले बिजी मलका अन्य पसलहरुमा अनुगमन गरिरहेको छ ।

विभागको टोली उक्त मलको पहिलो तलामा अनुमगन गरी एक व्यापारीलाई कारबाही थालिएपछि माथिल्ला तलाका व्यापारीहरु सटर बन्द गरी नाराबाजी र अनुगमन टोलीलाई घेराउ गरेका थिए । चाडपर्वमा व्यापारीहरुले ठगी गरिरहेको भन्दै सरकारले अनुमगन कर्मचारी खटाएको छ ।

Tags

छुटाउनु भयो कि ?