Madhyabindu News App
मनोरञ्जन

काठमाडौंमा फिल्म सम्मेलन हुँदै

Madhyabindu Online


A A- A+

भरत खड्का/काठमाडौं – काठमाडौंमा पहिलो पटक राष्ट्रिय फिल्म सम्मेलन आयोजना हुने भएको छ । फिल्ममाथि प्राज्ञिक बहस र छलफलको उद्देश्यसहित पहिलोपटक राष्ट्रिय फिल्म सम्मेलन आयोजना हुन लागेको हो । चलचित्र विकास बोर्ड र मानव अधिकार चलचित्र केन्द्रले यही भदौ २६ देखि नेपाल प्रज्ञा प्रतिष्ठानमा तीनदिने सम्मेलन गर्न लागेका हुन् ।

तीन दिने सम्मेलनमा फिल्म सम्बन्धी विभिन्न विषयको चित्रण र तीनको प्रभावबारे कार्यपत्र प्रस्तुति, छलफलसागै फिल्म क्षेत्रका समसामयिक विषयमाथि ‘प्यानल’ छलफल समेत हुने बताइएको छ ।

मुलुकमा फिल्ममाथि अहिलेसम्म प्राज्ञिक तहबाट खासै गम्भीर बहस नभइरहेको सम्मेलनले नेपाली फिल्म उद्योगलाई गुणात्मक र सकारात्मक दिशा दिन सघाउने आफूहरूको अपेक्षा रहेको चलचित्र विकास बोर्डले जनाएको छ ।

‘फिल्मकर्मी, विज्ञ, फिल्म अध्ययन अनुसन्धान एवं प्राध्यापन गरिरहेकाहरूले नेपाली फिल्मका विभिन्न आयाम, यसको प्रभाव, कला र सौन्दर्यबारे एक दर्जन बढी कार्यपत्र पेस गर्ने बोर्डले जनाएको छ ।

मुलुकका बौद्धिक क्षेक्रका व्यत्तिलाई नेपाली फिल्मका बारेमा अध्ययन अनुसन्धान गर्न, बहसमा सहभागी बनाउन र फिल्मलाई बौद्धिक क्षेत्रको चासोभित्र पार्न समेत सघाउने सम्मेलनका संयोजक अनुप सुवेदीले बताए ।

छुटाउनु भयो कि ?