Madhyabindu News App
मनोरञ्जन

बलिउड चलचित्र वारको पहिलो गीत सार्वजनिक

Madhyabindu Online


A A- A+

एजेन्सी – बलिउड चलचित्र वारको पहिलो गीत सार्वजनिक भएको छ । रितिक रोशन र टाइगर श्राफ स्टारर फिल्म वारको ट्रेलरले दर्शकको राम्रो साथ पाइरहेको छ । युट्युबमा राम्रो प्रतिक्रिया पाएको ट्रेलरले दर्शकको मन तानिरहेको बेला फिल्मको पहिलो गित ’घुङरु रिलिज भएको छ ।

बिहीबार युट्युबमा सार्वजनिक भएको गीत २ करोड ३९ लाख ६६ हजार ४ सय ८५ पटक हेरिएको छ । गीतमा ऋतिक रोशन र वाणी कपूरको हट केमेस्ट्री देख्न सकिन्छ भने नृत्यमा पोख्त ऋतिकको गजबको नृत्य पनि देख्न सकिन्छ । जसको दर्शकले जमेरै तारिफ गरिरहेका छन् ।

गीतमा अरजीत सिंह र शिल्पा रावले स्वर दिएका छन् । गीतको कोरियोग्राफ बास्को मार्टिसले गरेका छन् भने गीतलाई फ्रान्सको कोर्सिकामा छायांकन गरिएको छ । चलचित्र आगामी २ अक्टोबरमा रिलिज हुँदैछ ।

https://www.youtube.com/watch?v=qFkNATtc3mc

छुटाउनु भयो कि ?