Madhyabindu News App
आर्थिक

चेम्बर अफ कमर्श र भाइब्रेण्ट गोवा फाउण्डेशनबीच सहमति

Madhyabindu Online


A A- A+

काठमाडौं – द्धिपक्षीय व्यापार, लगानी, पर्यटन प्रवर्धन एंव आर्थिक सम्बन्ध विस्तार गर्ने विषयमा नेपाल र भारतबीच सम्झौता भएको छ । नेपाल चेम्बर अफ कमर्स र भारतको भाइब्रेण्ट गोवा फाउण्डेशनबीच सो विषयको सहमतिप पत्रमा हस्ताक्षर भएको हो ।

सहमति पत्रमा चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठ र फायण्डेसनका तर्फबाट सभापति राजकुमार कामतले गोवामा सहमति पत्रमा हस्ताक्षर गरेका छन् । भारतमा जारी भाइब्रेण्ट गोवा: ग्लोबल एक्स्पो २०१९ को अवसरमा सो विषयमा सहमति भएको हो । सहमति पत्रले आगामी दिनमा द्धिपक्षीय आर्थिक एंव व्यापारिक सम्बन्ध वृद्धि हुने अपेक्षा दुबै पक्षले गरेका छन् । साथै व्यापार लगानी अभिवृद्धि गर्न गोवामा नेपाल डेस्क र नेपालमा गोवा डेस्क राख्ने समेत समझदारी पत्रमा उल्लेख गरिएको छ ।

समझदारी पत्रले दुई मुलुकबीच हुने अन्तरक्रिया, रोड शो, एक्स्पोमा सहभागिता लगायत पर्यटन प्रबद्र्धनमा जोड दिइएको छ । सो अवसरमा चेम्बरका अध्यक्ष राजेश काजी श्रेष्ठले नेपाल चेम्बरले २०२० को फेबु्रअरीमा आयोजना गर्ने नेपाल चेम्बर एक्स्पोमा सहभागिताको लागि अनुरोध गरेका छन् । नेपाल र गोवा “फ्रम ग्रीन टू ब्लू” बीच पर्यटन प्रवर्धन र कनेक्टिभिटीमा जोड दिएकाले नेपाल भ्रमण वर्ष २०२० मा गोवाबाट पर्याप्त पर्यटन भित्र्याउन सकिनेमा पनि उनले जोड दिए ।

भाइब्रेन्ट गोवा फाउण्डेशनका सभापति राजकुमार कामतले यो समझदारीपत्रको कार्यान्वयनले अहिले चेम्बरको सहभागिता उल्लेख्य रहेकोले आगामी वर्षहरुमा यसमा अझ बढोत्तरी हुने र आगामी वर्ष नेपालमा हुने एक्स्पो र पर्यटन वर्षमा आफ्नो संस्थाको तर्फबाट सहभागिता र प्रबद्र्धनको लागि महत्वपूर्ण कार्य गरिने बताए ।

सो समझदारीपत्रमा दुई देशका चेम्बर बीच व्यापारिक सूचना, आदान प्रदान, मेला प्रदर्शनीमा दुवै मुलुकमा सहभागिता, पर्यटन प्रबद्र्धन, व्यापारिक/औद्योगिक प्रतिनिधि मण्डलको आदान प्रदान गरिने उल्लेख छ ।

छुटाउनु भयो कि ?