Madhyabindu News App
भिडियो

तिहारमा बालबालिकाका निम्ति युट्युबमार्फत् वर्णमाला उपहार

Madhyabindu Online

(काठमाडौं) – नेपाली भाषामा मौलिक र स्तरिय बालरचनाहरूको अभावलाई ध्यानमा राखेर नेपालयले बालबालिका निम्ति बाल रचनाहरू निर्माण गर्न शुरु गरेको छ । नेपालभित्र र विश्वभर छरिएर रहेका नेपालीभाषी बालबालिकाहरूमै समर्पित हुनेगरि यो काम नेपालयले अघि बढाएको हो ।

यस्ता गीतहरूमा शिशु कक्षादेखिका बालबालिकालाई शैक्षिक हिसाबले समेत काम लाग्नेगरि बाह्रखरि, अंकगणितसँगै विविध विषय समेटिएका छन् । बालबालिकाको मनोभावलाई सुहाउनेगरिका बालरचनाहरू संगीतकार आभासले रचना गरेका छन् । आभासले केटाकेटीका निम्ति तयार पारेका बालगीतहरू पहिले पनि लोकप्रिय भइसकेका छन् ।

“आफ्नै पारिवारिक परिवेशका निम्ति उपयुक्त बालगीतहरूको खोजी गरिरहेका आभासलाई मैले यस क्षेत्रमा उनले पुरानै सीप र अनुभव प्रयोग गरेर नयाँ गीतहरु तयार पार्नसक्ने अनुरोध गरेको थिएँ, नेपालयका किरणकृष्ण श्रेष्ठ भन्छन्स नभन्दै केही महिनामै उनले वर्णमालामा आधारित गीतहरु नै तयार पारिदिए ।”

किरणका अनुसार यस्ता बालगीतहरूलाई पुस्तकाकारमा पनि पब्लिकेशन नेपालयले तयार पारेर सर्वत्र उपलब्ध गराउने तयारी रहेको जानकारी गराएका छन् । आभासले केटाकेटीका निम्ति त्यस्ता शिक्षाप्रद र रमाइला गीतहरूको सेटै केही समयमा तयार पारिसक्ने जानकारी दिएपछि नेपालयले यसतर्फ काम अघि बढाउन थालेको थियो ।

आभासले विविध विषय समेटिएका झण्डै ४० वटा बालगीत तयार पारिसकेका छन् । तिनलाई क्रमशः कार्टुन चलचित्रसहित नेपाली बाल रचनाु च्यानलमार्फत् सार्वजनिक गरिने कुरा नेपालयले जानकारी गराएको छ ।

यसैक्रममा नेपाली चाड तिहारको सुअवसर पारेर युट्युबमार्फत् बालबालिकालाई उपहार स्वरुप वर्णमालामा आधारित गीतहरूको शृंखला सार्वजनिक गरिने भएको हो । नेपाली बाल रचनाुमा संकलित वर्णमालाका यी गीतलाई बालबालिकाले अब कार्टुन चित्र सहित हेर्न र सुन्न सक्नेछन् ।

आभासले तयार पारेका वर्णमालाका गीतमा गायिका मिना निरौला र बेनुका राईले स्वर दिएका छन् । निकट भविष्यमै स्वर मालाु पनि सार्वजनिक हुने जानकारी उत्पादक संस्था नेपालयले गराएको छ । स्वर मालालाई रमाइलो बनाउने उद्देश्यले आभासले ुअक्कलमानु नामको चरित्र उभ्याएका छन् जसलाई उनी स्वयंले गाएका छन् ।

नेपालयले यसरी तयार भएका प्रारम्भिक सिर्जनाहरू युट्युब र सामाजिक सञ्जालहरूमा नेपाली बाल रचनाको नामले उपलब्ध गराउने जानकारी ६ महिना अघि नै गराइसकेको थियो ।

https://www.youtube.com/watch?time_continue=1&v=Devk7ZFzM-s

Tags

छुटाउनु भयो कि ?