Madhyabindu News App
मनोरञ्जन

नेपालकी अनुष्का मिस वल्र्डको शीर्ष ४० मा प्रवेश

Madhyabindu Online


A A- A+

काठमाडौं – बेलायतको लण्डनमा भइरहेको मिस वल्र्ड प्रतियोगितामा नेपालकी अनुष्का श्रेष्ठ शीर्ष ४० मा प्रवेश गरेकी छन् । मिस नेपाल २०१९ अनुष्का दोस्रो चरणको ‘हेड टु हेड च्यालेन्ज’ जित्दै शीर्ष ४० मा छनौट भएकी हुन् ।

पहिलो चरणको ‘हेड टु हेड’ च्यालेन्जमा उनले मंगलबार इन्डोनेसियाकी फ्रेड्रिक एलेक्सीस कलसँग प्रतिस्पर्धा गरेकी थिइन् ।

अनुष्कालाई मल्टी मिडिया अवार्ड जित्नको लागि अझै धेरैभन्दा धेरै भोटको आवश्यकता पर्नेछ ।

‘हेड टु हेड च्यालेन्ज’ जितेपछि उनले आफुलाई धेरैभन्दा धेरै भोट दिनको लागि सामाजिक सञ्जालमार्फत् आग्रह गरेकी छिन् ।

छुटाउनु भयो कि ?