Madhyabindu News App
कला-साहित्य

सातौँ अन्तर्राष्ट्रिय लोकवार्ता भेला काठमाडौंमा सुरु

Madhyabindu Online


A A- A+

काठमाडौं – सातौँ अन्तर्राष्ट्रिय लोकवार्ता भेला शुक्रबारदेखि काठमाडौंमा सुरु भएको छ । काठमाडौँ महानगरपालिका, नेपाल प्रज्ञा–प्रतिष्ठान र लोयल्टी एकेडेमीको सहकार्यमा नेपाल लोकवार्ता संस्कृति समाजले भेलाको आयोजना गरेको हो ।

भेलामा नेपाल, अमेरिका, बेलायत, रुस, भारत, जापान, बंगलादेश, श्रीलंका, स्पेनसहित अन्य विभिन्न मुलुकका विज्ञहरु उपस्थित भएका छन् ।

९६ विज्ञहरुले आ–आफ्ना मुलुकका कला, संस्कृति, लोकबाजा, जातजाति, वेशभूषा जस्ता विषयमा ८६ कार्यपत्र प्रस्तुत गर्नेछन् ।

भेलामा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले नेपालसहित विभिन्न मुलुकका लोकसंस्कृतिको उजागर गर्न भेला सहयोगी हुने धारणा राखे ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा भएको यस कार्यक्रमले विदेशी पर्यटक भित्र्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

जारी सम्मेलन तीन दिनसम्म चल्ने आयोजक नेपाल लोकवार्ता संस्कृति समाजले जनाएको छ ।

छुटाउनु भयो कि ?