Madhyabindu News App
कला-साहित्य

आठौं सँस्करणको नेपाल साहित्य महोत्सव सुरु

Madhyabindu Online


A A- A+

पोखरा – आइएमई नेपाल साहित्य महोत्सवको आठौं सँस्करण शुक्रबारबाट पोखरामा सुरू भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले महोत्सवको उद्घाटन गरेका हुन् ।

पुराणवाचनमा पारंगत सुन्दास दिदीबहिनी (ममता, अनिता, मनिता)ले वेदका श्लोक उच्चारण गरेपछि महोत्सवको उद्घाटन गरिएको हो ।

बिहानैदेखि परेको झरीका कारण कार्यक्रम पूर्वनिर्धारित स्थान बाराहीघाटमा हुन नसकेपछि लेकसाइडकै एउटा रेस्टुरेन्टमा कार्यक्रम सञ्चालन भइरहेको छ । पानी रोकिएपछि कार्यक्रम पुरानै ठाउँमा हुने आयोजकले जनाएको छ ।
३९ भन्दा बढी सेसनमा कार्यक्रम हुनेछ ।

महोत्सवका लागि देशविदेशबाट १ सय १० भन्दा बढी साहित्यकार, लेखक, पत्रकार, कलाकार, सम्पादक सहित धेरै मानिसहरु पोखरा पुगेका छन् ।

छुटाउनु भयो कि ?