Madhyabindu News App
मनोरञ्जन

जमाइकाकी टोनी भइन् विश्वसुन्दरी, नेपालकी अनुष्कालाई ब्युटी विथ परपोज

Madhyabindu Online


A A- A+

लन्डन – यस वर्षको विश्वसुन्दरी प्रतियोगिताको ताज जमाइकाकी २३ वर्षीया टोनी आन सिंहले जितेकी छन् । शनिबार लन्डनको एक्सेलमा सम्पन्न प्रतियोगिताको ग्रान्ड फिनालेमा उनी ६९ औं विश्वसुन्दरी घोषित भएकी हुन् ।

एक सयभन्दा बढी देशका सुन्दरीबीचको प्रतिस्पर्धामा फ्रान्सकी ओपेली मेजिनो र भारतकी सुमन राओ क्रमशः पहिलो तथा दोस्रो रनर अप चुनिए ।

महादेशस्तरमा एसियामा भारतकी सुमन राओ, अफ्रिकामा नाइजेरियाकी नेइकाची डगलास, अमेरिकामा ब्राजिलकी एलिस कोएल्हो, क्यारेबियनमा ट्रिनिडाड एन्ड टोबागोकी जोइलिन कनवे, युरोपमा फ्रान्सकी ओपेली मेजिनो र ओसेनियामा कुक आइल्यान्ड्सकी ताजिया साहय विजेता घोषित भए ।

नेपालकी अनुष्का श्रेष्ठ करिब एक सय प्रतियोगीलाई उछिन्दै शीर्ष १२ मा पुगेकी उनले ब्युटी विथ परपोज अवार्ड पाइन् । यसअघि उनले यस वर्षको मल्टिमिडिया अवार्ड पनि जितेकी थिइन् ।

गत वर्षकी नेपालकी प्रतियोगी शृंंखला खतिवडाले पनि मल्टिमिडिया र ब्युटी विथ परपोज अवार्ड पाएकी थिइन् ।

छुटाउनु भयो कि ?