Madhyabindu News App
पर्यटन

हिउँले ढाक्यो सिन्धुपाल्चोकको पर्यटकीय गाउँ मेलम्चीघ्याङ (फोटो फिचर)

Madhyabindu Online


A A- A+

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा नं १ मा पर्ने मेलम्चीघ्याङ गाउँ पर्यटकीय दृष्टिले निकै रमणीय ठाउँ हो । यतिबेला मेलम्चीघ्याङका रमणिय डाँडापाखाहरु हिउँले ढाकिएका छन् ।

करिब २५६२ मि उचाइमा रहेको यस गाउँमा हिउदको मसयमा हिउ पर्ने गर्दछ । हिउँदको समयमा हिउँपरेसँगै पर्यटकहरु हिउँमा रमाउन त्यहा पुग्ने गर्दछन् ।

‘विशेषगरी चैत वैशाखमा विविध रङका गुरासहरु फुल्ने र मौसम सफा हुने भएकोले सोहि समयमा भ्रमणको लागि उपयुक्त मानिन्छ, हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले भने,’ पछिल्लो समय यस क्षेत्रमा पर्यटकहरु आउने क्रम बढ्दै गएको छ ।’

त्यहाँको ह्योल्मो बस्ती, संस्कृति, रहन सहनका साथै मनोरम दृश्य हेर्न विदेशी तथा स्वदेशी पर्यटकहरु आउने गर्दछन् । मेलम्चीघ्याङमा तिर्थयात्राका लागि टाढा टाढाबाट धार्मिक पर्यटकहरु समेत पुग्ने गर्दछन् । न्यीदा राङज्योन नामक गुरु पद्मसम्भव र प्रज्ञाको गुफा, डाकिनीको गुह्य गुफा (साङफुग), गोन्पो होपामे (अमिताभ)को गुम्बा, त्यसभित्र ढुङ्गाको मणिमय घट्ट (गुरुइ दोइ नोर्बु छुदाग) को दर्शन गर्न धर्मावलम्बीहरु त्यहा पुग्ने गर्दछन् ।

 

मेलम्चीघ्याङ विभिन्न पदमार्गहरुसँग जोडिएकोले पनि यस गाउँ भएर पर्यटकहरु पैदलयात्रा गरिरहन्छन् । लामो दुरीको पदयात्रा गर्ने पदयात्रीहरु लाङटाङबाट भेम्थाङ हुदै यस गाउँसम्म आइपुग्छन् । यातायातको पहुच रहेकोले काठमाडौ, नारायणटारबाट करिब ६ घण्टाको सार्वजनिक बसको यात्रा गरी सजिलै यस गाउँमा पुग्न सकिन्छ ।

 

 

 

 

 

 

तस्विर स्रोत : हेलम्बु गाउँपालिकाको फेसबुक पेज

छुटाउनु भयो कि ?