फेवताल अतिक्रमण, कर्ण शाक्यको वाटर फ्रन्ट रिसोर्ट भत्काउन सर्वोच्चको आदेश

तिंलाबासीको पक्षमा मेयर शेर्पा, एक महिनाभित्रै विद्युतीकरण गरिने !
मध्यविन्दु/काठमाडौँ– सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकाको तिंलामा छिट्टै ग्रामिण विद्युतीकरण गरिने भएको छ । नेपाल विधुत प्राधिकरणको ३३ के भि केन्द्रिय प्रसारण लाईन सोलुदुधकुन्ड नगरपालिका वडा न ११ तिङला स्थित सबस्टेशनमा जोडी सकेकाले अब एक महिनाभित्रै अति प्रभावित क्षेत्र तिंलामा विद्युतीकरण गरिने नगरपालिकाका मेयर नाम्गेलजाङबु शेर्पाले जानकारी दिए । तिंलामा विद्युतीकरण सकिए पश्चात केरुङ्, टाप्टिङ्, गोराखानिमा पनि थालिनेछ । मेयर शेर्पाको पहलमा विद्युत प्राधिकरणले अब ग्रामिण विद्युतीकरणको काम थाल्ने भएको हो । विद्युत प्राधिकरणबाट लिखित रुपमा नगरपालिकाको नाममा एक महिनाभित्रै तिंलामा ग्रामिण विद्युतीकरण गरिने भनी पत्र आएकाले अब औपचारिक रुपमा काम थालिने मेयर शेर्पाले बताए । उनले भने, “अब तिंलाबासी लगायत प्रभावित क्षेत्रको माग पुरा हुन्छ, आन्दोलन पनि स्थगित हुन्छ ।”
ग्रामिण विद्युतीकरणको काम सुरु नभई उद्घाटन गरिनु हास्यास्पद भएको पनि मेयर शेर्पाले बताए । उनले भने, “जनताको जनभावना नबुझि जिल्लामा केहि व्यक्तिहरु राजनीतिक जस लिने हिसाबले अघि बढेका छन्, त्यसमा मेरो आपत्ति छ, स्थानीयमा नपुगि केन्द्रिय प्रशारण लाईनमा हतार हतार जोड्नु कतिसम्म लाजमर्दो विषय हो ?”
केन्द्रिय प्रसारण लाईन तिङला स्थित सबस्टेशनमा जोडी सकेपनि आयोजना अति प्रबाभित क्षेत्र तिङ्ला लगायत केरुङ्, टाप्टिङ्, गोराखानि, र अन्य गाउपालिकामा विधुत लाईन बिस्तारको काम हुन सकेको छैन् ।
गएको शनिबार प्रतिनिधि सभा सदस्य हेमकुमार राई ‘सुरविर’ सहित अन्य जनप्रतिनिधि तथा सांसदहरुले केन्द्रीय विद्युत प्रसारण लाइनको उद्घाटन गर्ने कार्यक्रम थियो । तर तिङ्गलाबासीले प्रभावित क्षेत्र तिङ्गलामा विद्युत विस्तार नगरि पत्तालेबाट विद्युत उद्घाटन गर्न लागेको भन्दै कार्यक्रम बहिष्कार गर्दै आन्दोलनमा छन् । माग पुरा नभएसम्म आन्दोलन जारी राख्ने उनीहरुको भनाई छ ।
यस्तो छ, विद्युतीकरणका लागि आएको प्राधिकरणको पत्र