एमालेको बागमती प्रदेश अधिवेशनको निर्वाचन केन्द्रीय कार्यालयमा हुने

पाल्पामा हराउँदै फापर खेती
पाल्पा – हिमाली तथा पहाडी भेगमा उत्पादित फापर अन्नबाली हराउँदै गएको छ । व्यावसायिक रुपमा यसको खेती गर्न छाडेपछि पाल्पा लगायतका पहाडी जिल्लामा लोप भएको हो । मकै खेतीपछि खेतबारीमा फापर खेती हुँदै आए पनि पछिल्ला वर्षहरुमा फापर खेती फस्टाउन सकेको छैन ।
प्रदेश नं ५ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत कृषि विकास निर्देशनालयको खाद्यान्न वासलातअनुसार २०७६ सालमा पाल्पामा ४२५ हेक्टर क्षेत्रमा फापर खेती हुन्छ । उत्पादन हुने ३९८ मेट्रिक टन फापरमध्ये ३२५ मेट्रिक टन उपभोग्यका रुपमा प्रयोग हुने देखिन्छ ।
फापरलगायतका रैथाने अन्नबाली उत्पादनमा कमी आएको कृषि ज्ञान केन्द्रका प्रमुख शिव अर्यालले बताए । अन्य उन्नत जातका अन्नबालीप्रति आकर्षण बढ्दा रैथाने बाली लोप हुँदा किसान मर्का परेका समेत उनले बताए ।
जिल्लामा तीतो र मीठो गरी दुई थरिको फापर उत्पादन हुँदै आएको छ । फापरको परिकार सेवन गर्दा मधुमेह, उच्च–रक्तचाप, कब्जियत, मोटोपन लगायतका रोगीमा फाइदा हुन्छ । मानिसको स्मरणशक्ति बढाउन पनि फापर खानु लाभदायक मानिने भएकाले पनि जिल्लामा फापरको माग बढ्दो छ । फापर बाली उत्पादनमा सरकारले चासो नदिँदा फापर बाली लोपोन्मुख अवस्था पुगेको हो । व्यावसायिक रुपमा खेती नहुँदा अहिले फापरको परिकार पनि नौलो बन्दै गएको छ ।
रासस