देशभर फैलियो लम्पी स्किन – पाँचलाख पशु संक्रमित, छ हजार पशु मरे

प्रेसिडेन्ट कप जुनियर ईन्टरनेशनल सिरिज यसै साता हुने
(काठमाण्डौ) – नेपाल ब्याडमिन्टन संघको आयोजनामा प्रेसिडेन्ट कप नेपाल जुनियर ईन्टरनेशनल सिरिज २०२० पौष २३ गते बाट काठमाण्डौमा हुने भएको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा आयो हुने सिरिजमा यु – १९ तर्फ पुरुष तथा महिला एकल तथा युगल र मिश्रित युगल गरि ५ विधामा प्रतिस्पर्धा हुने नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठले जानकारी गराए ।
विश्व ब्याडमिन्टन महासंघको मान्यता प्राप्त सिरजमा पुरुष एकलमा १५, पुरुष युगलमा १४ जोडी, महिला एकलमा १२, महिला युगलमा ८ जोडी र मिश्रीत युगल तर्फ १६ जोडीले प्रतिस्पर्धा गर्ने प्रतियोगिता रेफ्रि किरण कारञ्जितले जानकारी दिएका छन् ।
सिरजमा नेपाल लगायत युएस, मलेसिया, भारत, श्रीलङ्का र बंगलादेशको सहभागिता रहने समेत अध्यक्ष श्रेष्ठले बताए ।
विश्व ब्याडमिन्टन महासंघको मान्यता प्राप्त पश्चात पहिलो पटक काठमाण्डौमा आयोजना हुन लागेको सिरिजको अनुमानित लागत २१ लाख रहेको ब्याडमिन्टन संघले जनाएको छ ।
नेपालमा यो सहित अब ३ अन्तर्राष्ट्रिय प्रतियोगिताहरु हुने भएका छन् । यस अघि नेपाल ब्याडमिन्टन संघले नेपाल ईन्टरनेशनल च्यालेञ्ज, अन्नपूर्ण नेपाल ईन्टरनेशनल सिरिज सम्पन्न गरिसकेको छ ।