Madhyabindu News App
पर्यटन

सगरमाथा हेर्ने पर्यटकीय आँगन पत्ताले, हिउमा रमाउँदै पर्यटक (फोटो फिचर)

Madhyabindu Online


A A- A+

सोलुखुम्बु– सगरमाथा लगायतका दर्जन बढि हिमाल हेर्न सकिने पर्यटकीय गन्तब्य हो सोलुखुम्बुको पत्ताले । सोलुखुम्बु र ओखल्ढुंगा जिल्लाको सिमानामा रहेको पत्तालेबाट सगरमाथा लगायत लोत्से, नुप्त्से, आमादब्लम सहित दर्जन बढि हिमाल हेर्न सकिन्छ । हिउँदको समयमा यहाँ हिउँ पनि पर्ने गर्दछ भने हिउँमा रमाउन पर्यटकहरुको भिड नै लाग्ने गर्दछ ।

हिउँमा रमाउन र हिमाल अवलोकनका लागि सोलुखुम्बु, ओखल्ढुंगा, उदयपुर, रामेछाप लगायत काठमाडौदेखि यहाँ पर्यटकहरु पुग्ने गरेका छन् । सडक यातायातको सहजै पँहुच रहेकाले हिउँपरेको समयमा यहाँ पर्यटकहरुको भिड नै लाग्ने गर्दछ भने यहाँका होटलहरु भरिभराउ हुने गर्दछन् ।

काठमाडौंबाट करीब आठ घण्टाको मोटर यात्रामा पत्ताले पुग्न सकिन्छ । काठमाडौं चाबहिलबाट बीपी राजमार्ग हुँदै सोलु सल्लेरीसम्म दैनिक बस तथा सुमो जीप चल्छ । पर्यटकहरुको लागि खान र बस्नको लागि यहाँ होटल, लज र होमस्टेको समेत राम्रो व्यवस्था रहेको छ ।
झण्डै ३२०० मिटर उँचाइमा रहे पनि यहाँ धेरै चिसो हुँदैन । सल्लेरी जाने पिच सडकले छिचोलेर सहजै पुग्न सकिने भएकाले यो ठाउँ पिकनिक स्पट र सूटिङस्थल बनेको छ ।

 

सोलुखुम्बुको पत्तालेमा पुगेका आन्तरिक पर्यटकहरु

हिउँमा रमाउन पुगेका पर्यटक

 

छुटाउनु भयो कि ?