अन्तर्राष्ट्रिय

लिबियामा युद्धविराम गर्न फ्रान्सेली राष्ट्रपतिको आग्रह

Madhyabindu Online


A A- A+

रासस – फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले लिबियाको संकट समाधानका लागि तत्काल युद्धविराम गर्न आग्रह गरेका छन् । लिबियामा जारी संकट समाधानका लागि आवश्यक वातावरण निर्माण गर्न म्याक्रोनले अन्तर्राष्ट्रिय समुदाय र त्यहाँको आन्तरिक शक्तिलाई आग्रह गरेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

लिबियामा बढ्दै गइरहेको संकटका बारेमा फ्रान्सेली राष्ट्रपति म्याक्रोनल केही दिनयता अन्तर्राष्ट्रिय समुदायसँग छलफल र परामर्श गर्दै आएका छन् । म्याक्रोनले आइतबार मात्र पनि रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग टेलिफोनमा कुराकानी गरेका थिए । सो विषयमा पुटिनले पनि लिबियाको संकट समाधानमा आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका जनाइएको छ ।

फ्रान्सेली राष्ट्रपतिको कार्यालयले दिएको जानकारी अनुसार म्याक्रोनले लिबियामा जारी संकटको अन्त्यका लागि सबैभन्दा पहिले युद्ध विरामको आवश्यकता रहेको र त्यसपछि शान्तिवार्ताका माध्यमबाट अघि बढ्न सकिने धारणा राखेका छन् । यस विषयमा जर्मनीको राजधानी बर्लिनमा एक सम्मेलनको आयोजना गर्ने र सो सम्मेलनमा लिबिया संकटका बारेमा विदेशी दाता राष्ट्रहरुका साथै विदेशी समुदायले पनि कूटनीतिक पहल थाल्ने विषयमा तयारी गर्ने सहमति भएको बताइएको छ ।

छुटाउनु भयो कि ?