राजनीति

लोकतन्त्र जोगाउने जिम्मेवारी कांग्रेसको होः नेता सिटौला

Madhyabindu Online


A A- A+

मध्यविन्दु/काठमाडौँ– नेपाली कांग्रेसका पुर्ब महामन्त्री कृष्ण प्रसाद सिटौलाले लोकतन्त्र ल्याउनु भन्दा जोगाउने जिम्मेवारी महत्वपूर्ण हुने बताएका छन् । मंगलबार काठमाडौँको गौशालामा आयोजित “लोकतन्त्रको संस्थागत बिकासमा देखिएका चुनौतीहरु” बिषयक बिचार गोष्ठीलाई सम्बोधन गर्दै नेता सिटौलाले जनताबाट जनताकै लागि ल्याइएको ब्यबस्था जोगाउने जिम्मेवारी नेपाली कांग्रेसको भएको बताए ।

लोकतन्त्रको रक्षाका निम्ती अहिलेको सरकार गम्भिर नदेखिएको बताउँदै सिटौलाले सबै नेता कार्यकर्तालाई जनतामा जान अनुरोध गरेका छन् । उनले भने, “नेकपा नेतृत्वको सरकारले जनतालाई के दियो ? जनताले अनुभुती गर्ने गरि काम गर्नुस् ।” कम्युनिष्ट सरकारले दुईतिहाई बहुमतका आडमा संवैधानिक निकायहरुमा मनपरि गर्न खोजेकाले अब त्यसको खबरदारी कांग्रेसले गर्नुपर्ने बताए ।

अर्को फरक प्रशंगमा सिटौलाले वरिष्ठ नेता रामचन्द्र पौडेल स्वास्थ्य उपचारका लागि भारत गएकाले उहाँ फकिए लगत्तै थप छलफल पछि कांग्रेसभित्रको अहिलेका बिबादित बिषयहरु सहमतिमा टुंगो लाग्ने बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य युवा नेता प्रदीप पौडेलले लोकतन्त्रमा कम्युनिष्टको दुई तिहाईको सरकारले वैधानिक रूपमा सत्ता कब्जा गर्न चाहेकाले मुलुकमा यो चरम असन्तुष्टि देखिएको बताए ।

उनले भने, “दुई तिहाईको सरकारमा लोकतन्त्र बिरोधि पंचहरुको गन्ध आएको छ, बहुमतको आडमा ल्याएका सबै बिधयेक बिवादित छन्, नागरिकको सबै अधिकार हनन गरिंदै छ, पत्रकारको कलम बन्द गर्दैछ, प्रविधिको नियन्त्रण गर्दैछ । कम्युनिष्टको जनबिरोधी काम जनस्तरमा लगेर नागरिक लाई सचेत नगर्ने हो भने लोकतन्त्र खतरामा पर्न सक्छ ।” नेता पौडेलले सरकारको प्राथमिकता जनता झुक्याउने मात्रै भएको आरोप लगाए । उनले कांग्रेस संगठित नहुने हो भने प्राप्त उपलब्धि गुम्ने खतरा भएको बताए ।

त्यस्तै, नेपाली कांग्रेसका केन्द्रिय सदस्य शिव हुमागाँइले नेपाली लोकतान्त्रिक आन्दोलनको मियो शान्तिका नायक स्वर्गीय गिरिजाप्रसाद कोइरालाको सपना अधुरै रहनेमा चिन्ता व्यक्त गर्दै यो जिम्मेवारी तत्कालीन गिरिजाप्रसादका सहयात्री कृष्ण सिटौलाले निभाउनु पर्ने बताए ।

त्यस्तै, कार्यक्रममा नेपाल महिला संघ महामन्त्री धना खतिवडाले सभामुख चयनमा ढिलाई भईरहेको भन्दै उपसभामुख शिवमाया तुम्बाहाङफे माथी भएको अन्यायको बिरोध गरिन् । उनले यो लोकतन्त्र माथिकै ठुलो प्रहार भएको बताइन् ।
पुर्व रक्षामन्त्री एवं काठमाडौं जिल्ला उपसभापति भिमशेनदास प्रधानले महाभारतको युद्धका सारथि कृष्ण जस्तै नेपालको राजनीति एवं नेपाली कांग्रेसले सारथिको भुमिका निभाउँदै पार्टी र देशलाई निश्चित टुंगोमा पुर्याउनु पर्नेमा जोड दिए । कार्यक्रम जि.पी.कोइराला लोकतन्त्र संबर्द्धन केन्द्रका अध्यक्ष बलदेव तिमल्सिनाको अध्यक्षतामा भएको हो ।

छुटाउनु भयो कि ?