Madhyabindu News App
कर्पोरेट

निजी क्षेत्रको समेत लेखा पारदर्शी छैन : शिक्षामन्त्री पोखरेल

Madhyabindu Online


A A- A+

मध्यबिन्दु/काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले लेखाको छ दशकको इतिहासमा सरकारी तथा निजी क्षेत्रको लेखामा गम्भिर समस्याहरु देखिएको बताएका छन् । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)को २३ औँ वार्षिकोत्सव तथा दोस्रो दीक्षान्त समारोहमा मन्त्री पोखरेलले लेखा पेशाकर्मीले हिसाब किताब राख्ने मात्र नभइ पेशाको स्वच्छतामा समेत ध्यान दिनुपर्ने बताए ।

‘सरकारी लेखा मात्र होइन निजी क्षेत्रको लेखा पनि पारदर्शी छैन, ’ पोखरेलले भने, ‘हाम्रो अनुभवले के भन्छ भने निजी क्षेत्रमा पनि उत्तिकै समस्या छ । अहिले पनि नेपालमा बहुराष्ट्रिय कम्पनीदेखि ठूला घरानीयाको खातापाता स्वच्छसँग आएको छैन ।’
समृद्ध नेपाल, सुखी नेपालीको सपना साकार बनाउन चार्टर्ड एकाउन्टेन्टहरुर्को भूमिका महत्वपूण हुने उनको धारणा छ । नेपालमा दक्ष जनशक्ति कम रहेको उल्लेख गर्दै मन्त्री पोखरेलले मुलुकको आर्थिक विकासमा चार्टर्ड एकाउन्टेन्टहरु लाग्नुपर्ने बताए ।

कार्यक्रममा महालेखापरीक्षक टंकमणि शर्मा दंगालले मुलुकमा लेखा व्यवसायको दायित्व बढ्दै गएकाले यसको नियमनमा ध्यान दिनुपर्नेमा जोड दिए । लेखा व्यवसायमा आवश्यक पर्ने वित्तीय पारदर्शीता, आर्थिक अनुशासन र सुशासनका लागि आइक्यानले महत्वपूर्ण काम गरेको दंगालको भनाइ छ ।

आइक्यानका अध्यक्ष कृष्णप्रसाद आचार्यले आर्थिक वर्ष २०७५/०७६ को प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको सम्पत्ति ५० करोड पुगेको जानकारी दिए ।
कार्यक्रममा संस्थाबाट विभिन्न वर्षमा चार्टर्ड एकाउन्टेन्टको परीक्षा उत्तीर्ण गरेका १०५ विद्यार्थीलाई दीक्षित गर्नुका साथै उत्कृष्ट कर्मचारीलाई सम्मान समेत गरिएको छ ।

छुटाउनु भयो कि ?