Madhyabindu News App
पर्यटन

सोलुदुधकुण्डको पर्यटन प्रबद्र्धन गर्न सरोकारवालासँग छलफल

Madhyabindu Online


A A- A+

मध्यविन्दु/काठमाडौँ – पर्यटकीय जिल्ला सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकालाई पर्यटकीय नगरीको रुपमा विकास गर्न नगरपालिका जुटेको छ । पर्यटकीय संभावना बोकेको नगरपालिकामा पर्यटक भित्राउन नगरपालिकाले विभिन्न योजना समेत बनाएको छ ।

नगरपालिकाले पर्यटन नगरीको रुपमा बिकास गर्न र नेपाल भ्रमण बर्ष २०२० सफल बनाउन पर्यटन प्रवद्र्धनका लागी भन्दै सोमबार (आज) काठमाडौको धुम्बाराहिमा सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रमको समेत आयोजना गरेको हो । कार्यक्रममा नगरपालिका भित्र रहेका पर्यटकीय गन्तब्यहरुको बृत्तचित्र प्रश्तुत गरिएको छ ।

सोहि कार्यक्रममा पुर्व पर्यटनमन्त्री बलबहादुर केसीको प्रमुख आतित्थ्यता, पुर्व पर्यटन राजमन्त्री याङकिला शेर्पा, काग्रेस नेता आङगेलु शेर्पा लगायत पर्यटन व्यावसायिहरुसँग र सम्बन्धि सरोकारपक्षको उपस्थितीमा गरिएको अन्तरक्रियामा पर्यटन प्रबद्र्धनको विषयमा छलफल गरिएको नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पाले जानकारी दिए ।

मेयर शेर्पाले भने, ‘हामी नगरपालिकालाई पर्यटकीय नगरीको रुपमा विकास गर्न चाहन्छौँ, तर त्यसका लागि हामीलाई सवैको साथ र सहयोग आवस्यक छ ।’

जिल्लाको सदरमुकाम समेत रहेको सोहि नगरपालिका भित्र पिकेडाँडा, पत्ताले, रात्नाङगे डाँडा, ज्वालामाई देवीको मन्दीर जस्ता धार्मिक तथा पर्यटकीय स्थलहरु रहेका छन् ।

छुटाउनु भयो कि ?