Madhyabindu News App
कर्पोरेट

‘अन्नपुर्ण एक्सप्रेस म्युजिक फेस्ट–२’ हुँदै

Madhyabindu Online


A A- A+

मध्यबिन्दु/काठमाडौं – साप्ताहिक अंग्रेजी पत्रिका अन्नपुर्ण एक्सप्रेसले आफ्नो दोस्रो वार्षिकोत्सवको अवसरमा ‘अन्नपुर्ण एक्सप्रेस म्युजिक फेस्ट–२’ आयोजना गर्ने भएको छ । यही माघ २५ गते शनिबार काठमाडौंको टंगालउड गहनापोखरीमा कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।

उक्त म्युजिक फेस्टमा रबिन एण्ड द न्यु रेभुलुसन, पँहेलो बत्तिमुनि, कान्ता दब दब, रचना दाहाल र झिल्के एण्ड द कम्पनी जस्ता प्रख्यात ब्याण्ड तथा कलाकारहरुले सांगितिक प्रस्तुती दिनेछन् ।

म्युजिक फेस्टको प्रवेश शुल्क ‘प्रि–सेल्स’मा ५०० तथा ‘डोर–सेल्स’मा १००० रुपैयाँ तोकिएको आयोजकले जनाएको छ ।

छुटाउनु भयो कि ?