Madhyabindu News App
कर्पोरेट

मेगा बैंककी सिइओ खुञ्जेली ‘बेष्ट वुमन म्यानेजर अफ दि इयर’

Madhyabindu Online


A A- A+

मध्यबिन्दु/काठमाडौं – मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत (सिइओ) अनुपमा खुञ्जेली बेष्ट वुमन म्यानेजर अफ दि इयर उपाधीबाट सम्मानित भएकी छिन् । शुक्रबार काठमाडौंमा आयोजित नेपाल व्यवस्थापन संघ (म्यान)को ३९ औं राष्ट्रिय सम्मेलनका क्रममा संघले खुञ्जेलीलाई यो वर्षको उत्कृष्ट महिला व्यवस्थापकको उपाधीबाट सम्मानित गरेको हो ।

बैंकिङ क्षेत्रमा झण्डै तीन दशक अघिदेखि सक्रिय खुञ्जेली वाणिज्य बैंकहरुमध्येकै पहिलो महिला प्रमुख कार्यकारी अधिकृत समेत हुन् ।

यसैगरी, म्यानेजर अफ दि इअरको उपाधीबाट राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ सम्मानित भएका छन् ।
दुबै जनालाई उपराष्ट्रपति नन्दबहादुर पुनले अवार्ड प्रदान गर्दै सम्मान गरे ।

म्यानले हरेक वर्ष उत्कृष्ट व्यवस्थापकलाई सम्मान गर्दै आएको छ ।

छुटाउनु भयो कि ?