फेवताल अतिक्रमण, कर्ण शाक्यको वाटर फ्रन्ट रिसोर्ट भत्काउन सर्वोच्चको आदेश

एनआरटीविरुद्ध मनाङ फराकिलो गोल अन्तरले विजयी
काठमाडौं – सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आजको खेलमा मनाङ मस्र्याङ्दी क्लबले न्यूरोड टिम (एनआरटी) लाई फराकिलो गोलले पराजित गरेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आइतबार भएको खेलमा मनाङले न्यूरोडलाई ४–१ गोलले पराजित गरेको हो ।
मनाङले पहिलो हाफमा दुई गोल गरेको थियो । दोस्रो हाफमा मनाङले थप दुई गोल गर्यो। एनआरटीले दोस्रो हाफको अन्तिम समयमा गोल गरेको हो । मनाङका विमल रानाले खेलको ३५ औँ मिनेटमा पहिलो गोल गरे । अञ्जन विष्टले खेलको ४३ औँ मिनेटमा दोस्रो गोल गरे ।
यस्तै खेलको ६५ औँ मिनेटमा नै अञ्जनले व्यक्तिगत दोस्रो गोल गरी मनाङलाई ३–० को अवस्थामा पुर्याए। खेल सकिनै लाग्दा न्यूरोडका लागि सकुल रेग्मीले सान्त्वना गोल गरे । यस्तै खेलको अतिरिक्त समयमा मनाङका दयानन्द सिंहले चौंथो गोल गरे।
जितसँगै मनाङ २२ अंक सहित लिगको तेस्रो स्थानमा उक्लिएको छ । एनआरटी १५ अंक सहित तालिकाको आठौं स्थानमा छ ।