अन्तर्राष्ट्रिय

कोरोना नियन्त्रण गर्न ग्रुप–७७ र राष्ट्रसंघले चीनलाई सहयोग गर्ने

Madhyabindu Online


A A- A+

रासस – चीनमा देखा परेको प्राणघातक कोरोना भाइरस नियन्त्रणका लागि चीनलाई विश्वका विभिन्न ७७ देशहरुको समूह ग्रुप–७७ ले सहयोग गर्ने जनाएको छ । संयुक्त राष्ट्रसंघका लागि गुएनाका राजदूत रुडल्फ माइकल तेन्पोले सोमबार ग्रुप–७७ का सदस्य राष्ट्रहरुले चीनलाई आवश्यक पर्ने सहयोग उपलब्ध गराउने बताएका हुन् ।

संयुक्त राष्ट्रसंघले पनि चीनलाई आवश्यक पर्ने सहयोग उपलब्ध गराउने आवश्वासन दिएको छ । हालसम्म चीनले गरेका प्रयासको सराहना गर्दै राष्ट्रसंघको चीनलाई आवश्यक सहयोग उपलब्ध गराउने जनाएको हो ।

आर्थिक तथा सामाजिक क्षेत्रका लागि संयुक्त राष्ट्रसंघका उपमहासचिव लिउ जेनमिनले यस सङ्क्रमण नियन्त्रणका लागि चीनले गरेका कार्यहरुका बारेमा संयुक्त राष्ट्रसंघका विभिन्न एजेन्सी तथा महत्वपूर्ण मञ्चहरुमा छलफल जारी रहेको बताए । ती सबै मञ्चहरुमा उपस्थित भएका जि–७७ तथा संयुक्त राष्ट्रसंघीय एजेन्सीका प्रतिनिधि तथा प्रमुखहरुले चीनको सहयोगका लागि प्रतिबद्धता व्यक्त गरेका पनि उनले जानकारी दिए ।

उनीहरुले कोरोना भाइरस रोकथाम तथा नियन्त्रण कार्यमा लाग्नुपर्ने मुख्य कार्यहरुको पहिचान गरेर चीनमै पुगेर र आ–आफ्नो देशबाट आवश्यक प्राविधि तथा आर्थिक सहयोग दिने बताएको उनको भनाई थियो ।
यसअघि संयुक्तराज्य अमेरिकाले पनि चीनलाई आवश्यक सहयोग उपलब्ध गराउने जनाएको थियो ।

छुटाउनु भयो कि ?