Madhyabindu News App
स्वास्थ्य

सिन्धुपाल्चोकमा फैलिएको प्रकोप मौसमी रुघाखोकीः स्वास्थ्य मन्त्रालय

Madhyabindu Online


A A- A+

सिन्धुपाल्चोक— सिन्धुपाल्चोकको गुम्बा बस्तीमा फैलिएको प्रकोप मौसमी परिवर्तनको रुघाखोकी हुनसक्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ । सिन्धुपाल्चोकको जुगल गाउँपालिका ३ स्थित गुम्बा बस्तिमा फैलिएको रुघाखोकी मौसमी परिवर्तनले देखिएको हुनसक्ने मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले बताए । उनले बिरामीमा देखिएको लक्षणबाट एन्फ्लुएन्जा हुनसक्ने देखिएको स्पष्ट पारेका छन् ।

सिन्धुपाल्चोक जुगल गाउँपालिका–३, गुम्बा गाउँमा फैलिएको ज्वरो, रूघाखोकी र स्वासप्रस्वासका बिरामीको अवस्था नियन्त्रणमा रहेको उपचारमा संलग्न स्वास्थ्यकर्मी अनिल साउदले बताएका छन् । कोरोना भाइरसको संक्रमणसँग मेल खाने लक्षण देखिए पनि अहिलेसम्म त्यसको पुष्टि नभएको र बिरामी निको हुँदै गएकाले कोरोना नभएको हुनसक्ने उनले बताए ।

गुम्बा गाउँमा मंगलबार साँझसम्म रुघाखोकी, ज्वरो र स्वास्वप्रस्वासका १ सय ३६ जना बिरामी थिए । उक्त गाउँमा ३ सय भन्दा बढी मास्क वितरण गरिएको मन्त्रालयले जनाएको छ ।

छुटाउनु भयो कि ?