Madhyabindu News App
विचार-ब्लग

“सामुदायिक विद्यालय सुधारमा अभिभावक शिक्षा”

Madhyabindu Online


A A- A+

सीता गौडेल गैह्रे

हेर्दा प्रत्यक्ष नदेखिने तर शिक्षा क्षेत्रमा ठुलै प्रभाव पार्ने अभिभावक शिक्षाले सामुदायिक विद्यालयमा विद्यार्थीको पठन पाठनमा विशेष भुमिका खेल्दछ । विदेशी शिक्षा नीतिसँग नेपाललाई तुलना गर्ने, शिक्षा नीतिको कार्यान्वयन पक्ष फितलो भएको वकालत गर्ने शैक्षिक विज्ञले नेपालको माटो र नेपालीको आर्थिक अवस्था मापन गर्ने क्षमता गरेनन् । जसको फलस्वरुप शिक्षा निति, विद्यालय र विद्यार्थीको रुची र रोजगारीको व्यवस्थापन मिल्न सकेन । त्यसैले त्यो नितिले न त विद्यार्थीले उल्लेखनिय उपलब्धी नै हासिल गरे, न त शिक्षक पेशा अंगाल्नेहरुले नै जश पाए । राज्यले भौतिक पूर्वाधारलाई केहि जोड दियो र भवन निर्माणहरु पनि भए तर कक्षा कोठाभित्रको पठनपाठन प्रकृयालाई भने अनुगमनको पाटोबाट कमै हेरियो । अस्थिर राजनीतिक अवस्था दुरगामी शिक्षा नीतिको अभाव कम गुणस्तरका पाठ्यपुस्तक, अभिभावकको आर्थिक अवस्था आदि–आदिले सँधै विद्यालय तनाव ग्रस्त नै रहन पुगे ।

सामुदायिक विद्यालयको शिक्षालाई सुधार्न राज्यको मुख ताक्नुभन्दा अभिभावकको प्रत्यक्ष सहभागिता, प्रधानाध्यापकको कुशल नेतृत्व, र शिक्षकको विषयवस्तुमा दक्षता भएमा काफी हुन्छ । यी मध्ये पनि अभिभावकको शिक्षाप्रतिको लगाव र लगानी अहिलेको महत्वपूर्ण पाटो देखिन्छ । शिक्षा किन ? भन्ने उत्तरमा अभिभावकहरु नै अलमलमा परेको देखिन्छ । शिक्षाको काम जिवनलाइ सरल र स्वाबलम्बी बनाउनु हो भन्ने हेक्का धेरै अभिभावकमा नभएको भेटियो र शिक्षालाई अर्थसँग मात्रै जोडेर हेरिदिनाले र राज्यले रोजगारीको व्यवस्था मिलाउन नसक्दा शिक्षा क्षेत्रमा ठूलो खाल्डो देखाप¥यो र एउटा दुरी तयार भयो, शिक्षा र समाजको । अब यहाँ निर गुणस्तरका कुरा चलिरहदा गुणस्तर के हो ? भन्ने नै बहसको विषय बन्न सक्ला । गुणस्तर भनेको सिप हो ? या संस्कार या सर्टिफिकेट या अरु कुनै ।

अहिलेको शिक्षाले गुणस्तर सर्टिफिकेटमा मात्रै दाज्ने गरेकोले बच्चाहरुमा संस्कार र सिप तर्फ कूनै पनि विद्यालयले खुलेर वकालत गर्न नसकेको पक्कै हो । सर्टिफिकेटको नम्बरलाई मात्र ध्यान केन्द्रित हुदा बच्चा आफू त दबियो नै समाज कता गयो कता, मासीयो अनि अब्बल सर्टिफिकेट दिन नसकेका सामुदायिक विद्यालयमा विद्यार्थी संख्या ह्वात्तै घट्यो । माघ श्रीपञ्चमी देखि घरदैलो गरेर विद्यार्थी भर्ना गर्ने संस्थागत विद्यालयको अगाडि बैशाखको पहिलो हप्तामात्र भर्ना अभियान चलाउने सामुदायिक विद्यालयहरु घुँडा टेक्न थाले ।

एसई परीक्षामा ए प्लस, ए र बि प्लससम्म ल्याउन त सफल भए विद्यार्थी तर त्यसपछि के त ? के अभिभावकले उसलाई उच्च शिक्षाको लागी शहर पठाउन सक्ला ? के विद्यार्थीको क्षमता अनुसार राज्यले उसको पढाईमा सहयोग गर्ला त ? अहँ सकेन । ऊ गाउँमै रहेको यहि विद्यालयमा जेनकेन ं२ गरेर विदेशियो । विदेशिन बाध्य पार्ने उसको अभिभावक नै थिए । अनि बि प्लस र बि ल्याउने केहि यूवाहरु नागरीकता बनाएर इण्डीयन आर्मीमा भर्ति भए । यहाँ अभिभावकले उनिहरुलाई रोक्न सक्नुपथ्र्यो तर चाहेनन या सकेनन् ? आज कक्षा कोठामा बच्चालाई भोली के बन्ने भनेर प्रश्न राख्यो भने भर्ती हुने वा विदेश जाने भन्छन् । किनकी, तिनिहरुले सबै परिवारको आर्थिक जिम्मेवारी लिएका हुन । फाट–फुट डाक्टर र इन्जिनियर भनि हाले पनि अभिभावकले त्यहाँसम्म पु¥याउने सपना देख्दैनन् । अब यहाँ दोषि को त ? शिक्षक ? जब बालक स्वयं र अभिभावकले शिक्षामा लगानी गर्न चाहदैन् अर्थात त्यो लगानीको आशा आर्थिकसँग मात्र जोडिन्छ र समाजमा कुसंस्कार भरिन्छ । जसरी हुन्छ पेैशा मात्रै खोजिन्छ । त्यसैले शिक्षकले उसको प्रतिभालाई प्रस्फुटन गराएर मात्रै भएन राज्यले उसको प्रतिभालाई रोजी रोटीसंग जोडोस् र अभिभावकले त्यसको सार उपभोग गरोस भन्ने नै हो ।

फेरी विद्यालयमा कमसल पाठ्यपुस्तकका कारणले पढाई कमजोर भएको त होइन भन्ने अनुमान कतैबाट आयो र यो अभियानलाई विद्यालयले स्विकार ग¥यो । अभिभावकहरुले बच्चलाई ३ वर्षको उमेर देखि विद्यालय पठाउँछन् । एक वर्ष मै बच्चाको बानीदेखि लिएर शैक्षिक सुधारको प्रगतीको फड्को मारोस् भन्ने चाहन्छन् । विद्यालयले के गर्न सक्छ त्यो अवस्थामा ? निशुल्क शिक्षा, कम न्यूनमा शिक्षक दरबन्दी, गरीबी, पारिवारिक वातावरण, प्रविधि, विद्यार्थीको विचार व्यवहार, अभिभावकको कम चासो, आदि आदिले सामुदायकि विद्यालयको शिक्षाको गुणस्तरमा सधै सम्बन्ध राखेको कुरा विभिन्न अध्ययनहरुले देखाएको छ । अझै पनि अभिभावकले आफ्ना बाबुनानीहरुलाई संस्कार भन्दा सर्टिफिकेटको अब्बलता चाहन्छन् भने समाज कता तिर धकेलिएला त ? भन्ने चिन्ता उठ्नु सरोकारवालालाई स्वभाविक नै हो । त्यसैले अबको शिक्षा निति जिवनोपयोगी शिक्षा हुनु जरुरी छ ।

(गौडेल अध्यापन पेशामा संलग्न छिन् ।)

छुटाउनु भयो कि ?