स्थानीय तह

ऐतिहासिक खड्पेश्वर मन्दिर संरक्षणमा जुट्यो इन्द्रावती गाउँपालिका

Madhyabindu Online


A A- A+

भवनाथ आचार्य/सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका ऐतिहासिक खड्पेश्वर मन्दिर संरक्षणमा जुटेको छ । आज एक कार्यक्रमको आयोजना गरि इन्द्रावती गाउँपालिकाले  वडा नम्बर ६ स्थित रहेको ऐतिहासिक महत्वको खड्पेश्वर महादेव मन्दिरको संरक्षणका लागि काम थालेको हो । खड्पेेेश्वरमन्दीर उपभोक्ता समितिले आयोजना गरेको उक्त शिलान्यास कार्यक्रममा विभिन्न वैदिक मन्त्र तथा स्वस्तिवाचनकासाथ गाउँपालिकाअध्यक्ष बंशलाल तामाङले उक्त मन्दिरको सिलान्यास गरे ।

अध्यक्ष तामाङले खड्पेश्वर मन्दिर ऐतिहासिक महत्वको मन्दिर भएको बताउँदै यसको संरक्षणका लागि गाउँपालिकाले सक्दो पहल गर्ने प्रतिबद्धता जनाए । उनले भने, ‘ऐतिहासिक तथा धार्मिक महत्वका गुम्बा मन्दिर गुफा जस्ता पुरातात्विक स्थानहरुको संरक्षणमा विशेष ध्यान दिइनेछ, धार्मिक पर्यटनको माध्यमबाट इन्द्रावती गाउँपालिकालाई मूलुकभर प्रचार गरि गाउँपालिकालाई समृद्ध बनाउने प्रयत्नमा छौँ ।’

सोहि मन्दिरसँगै रहेको गुफा उत्खनन तथा प्रचारप्रसार कार्यक्रम पनि सुरु गरिएको छ । सोहि कार्यक्रममा स्थानीय शिक्षक रामप्रसाद न्यौपानेले हजारौँ वर्षदेखिको ऐतिहासिक मन्दिरको धार्मिक तथा पर्यटकीय महत्वको बारेमा जानकारी गराएका थिए ।

गाउँपालिकाले मन्दिर र गुफा संरक्षणका लागि प्रारम्भिक ८ लाख रुपैया रकम छुट्याएको स्थानीय समाजसेवी कबीराज पौडेलले जानकारी दिए । मन्दिर उपभोक्ता समितिले खड्पेश्वर क्षेत्र संरक्षणका लागि गुरुयोजना बनाइ काम सुरु गरेको जनाएको छ । उक्त मन्दिरमा जनै पूर्णिमा, शिवरात्रि, तिज जस्ता पर्वमा मेला लाग्ने गर्दछ ।

इन्द्रावती गाउँपालिका वडा नं १० का वडाअध्यक्ष तथा पर्यटन बिकास समिति संयोजक जीवन कुमार थापा, वडा नं१२ का वडा अध्यक्ष कमल रत्न दनुवार, नेपाली कांग्रेस सिन्धुपाल्चोक जिल्ला सह-सचीव अनुप न्यौपाने लगायत स्थानीय जनप्रतिनिधि, समाजसेवी तथा भक्तजनको उपस्थितिमा सम्पन्न उक्त शिलान्यास कार्यक्रममा बोल्दै खड्पेश्वर मन्दिर निर्माण उपभोक्ता समितिका अध्यक्ष होमनाथ न्यौपानेले यस ऐतिहासिक तथा धार्मिक सम्पदाको संरक्षणमा सबैको सहयोगको खाँचो रहेको बताए ।

छुटाउनु भयो कि ?