Madhyabindu News App
मुख्य खबर​

गाँजा खाँदै हुनुहुन्छ ? यस्ता छन् फाइदा र बेफाइदा

Madhyabindu Online


A A- A+

मध्यबिन्दु/काठमाडौं – पछिल्लो समय नेपालमा गाँजा प्रतिबन्ध फुकुवा गर्नुपर्ने आवाजहरु उठ्न थालेका छन् । यसमा हुने औषधीय गुण तथा आर्थिक उपार्जन पनि हुने भएकाले पनि पछिल्लो समय गाँजालाई वैधानिक बनाइनुपर्छ भन्ने धेरैको तर्क छ ।
पछिल्लो समय नेपालमा धेरै युवायुवतीले गाँजा सेवन गर्ने क्रम बढेको छ । अन्य समयमा लुकिछिपी गाँजा सेवन गर्नेहरुले आज शिवरात्रिको दिनमा भने खुल्लम खुल्ला गाँजा तान्ने गरेका छन् ।

शिव भगवानको प्रसादका नाममा हिन्दुहरुले सेवन गर्ने गाँजाको फाइदा र बेफाइदा दुबै छ । प्रयोग गर्न जान्दा धेरै फाइदा गर्ने गाँजाको सही प्रयोग गर्न नजान्ने हो भने ज्यानै लिन पनि सक्छ ।

फाइदा
– गाँजामा २ सय रसायन हुन्छन । जसमध्ये टीएचसीले भावना परिवर्तन हुने, मुड फ्रेस गराउने र धारणा परिवर्तन गराउँछ ।
– कम समयलाई लामो समय महसुस गराउँछ ।

– खानेकुरामा रुचि बढाउँछ ।

– आँखाको प्रेसर कम हुन्छ । जोर्नीको पीडा र दिसासम्बन्धी समस्यामा फाइदा पुर्याउँछ ।

– पाचन प्रणाली राम्रो बनाउँछ । छारेरोगीलाई पनि फाइदाजनक छ ।

– क्यान्सरको किमोथेरापीपछि हुने वान्तालाई कम गर्छ ।

– सिर्जना प्रस्फुटन हुन्छ । गाँजा खाएर झंैझगडा गर्ने कम हुन्छन् ।

 

बेफाइदा

– लामो समयसम्म प्रयोग गर्दा मानसिक रोग लाग्न सक्छ ।

– निरन्तर प्रयोगले तौल कम हुन्छ ।

(‘शुक्रबार’ साप्ताहिकका लागि आरोग्य नेपालका डा.विनोद घिमिरेले दिएको जानकारीमा आधारित)

छुटाउनु भयो कि ?