Madhyabindu News App
कर्पोरेट

पूर्व कप्तान पारस अग्नी ग्रुपको ब्राण्ड एम्बासडर

Madhyabindu Online


A A- A+

(काठमाडौं) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्कालाई महिन्द्रा एण्ड महिन्द्राको नेपालस्थित आधिकारिक बिक्रेता अग्नी ग्रुपले आफ्नो ब्राण्ड एम्बासडरमा नियुक्त गरेको छ । बुधबार काठमाडौंमा भएको एक कार्यक्रमका बीच क्रिकेटर खड्कालाई अग्नी ग्रुपले एम्बासडरमा नियुक्त गरेको हो ।

उक्त ग्रुरुपले खड्कालाई ५० लाख रुपैयाँ बराबरको महिन्द्रा कम्पनीको ‘एक्सयूभी ३०० कार’ उपलब्ध गराएको छ । अग्नी ग्रुपले खड्कालाई दुई वर्षका लागि ब्राण्ड एम्बासडर नियुक्त गरेको हो ।

अग्नि ग्रुपका कार्यकारी निर्देशक अर्जुनप्रसाद शर्मा र खड्काले आज उक्त सम्झौता पत्रमा हस्ताक्षर गरे । पारसले कम्पनीसितको सहकार्य लामो समयबाट रहँदै आएको तथा कम्पनीसँग जोडिन पाएकोमा खुशी व्यक्त गरे । उनी मोटरसाइकलको यसअघि नै ब्राण्ड प्रवद्र्धक रहिसकेका छन् ।

यसअघि अग्नि ग्रुपले पूर्वमिस नेपाल शृङखला खतिवडालाई तीन वर्षका लागि ब्राण्ड एम्बासडर नियुक्त गरेको थियो । कार्यक्रममा ग्रुपका वरिष्ठ निर्देशक दुर्गाप्रसाद आचार्य, उपनिर्देशक बरदान बस्नेत, पूर्वमिस नेपाल खतिवडा लगायतको उपस्थित रहेको थियो ।

छुटाउनु भयो कि ?