Madhyabindu News App
समाज

सुख्खा पहिरोले पुरिएर सिन्धुपाल्चोकका दाहालको मृत्यु

Madhyabindu Online

(पोखरा) –  बेनी–जोमसोम सडकखण्डमा सुख्खा पहिरो जाँदा एउटा स्काभेटर पुरिएर एक जनाको मृत्यु भएको छ । स्काभेटर पुरिँदा चालक सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका ५ का ३२ बर्षियअर्जुन दाहालको मृत्यु भएको हो । उनी लामो समयदेखि यही सडक खण्डमा काम गर्दै आइरहेका थिए ।

सोमबार अपराह्न साढे ४ बजे सो दुर्घटना भएको हो । सडकखण्डको थासाङ गाउँपालिका ४ घाँसामा उक्त निर्माण भइरहेको थियो । सोही सडक निर्माणको क्रममा माथिबाट खसेको सुख्खा पहिरोले स्काभेटर सहित चालकलाई पुरेको प्रहरीले जनाएको छ । सुख्खा पहिरोमा पुरिएर घाइते भएका एक जनालाई उपचारका लागि लेते पठाइएको छ । सुख्खा पहिरोका कारण सडक अवरुद्ध भएको छ भने, सवारी आवागमन ठप्प छ ।

Tags

छुटाउनु भयो कि ?