Madhyabindu News App
कर्पोरेट

साढे २ अर्बको ऋणपत्र निष्काशन गर्दै राष्ट्रिय वाणिज्य बैंक

Madhyabindu Online


A A- A+

काठमाडौं – राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले २ अर्ब ५० करोडको ऋणपत्र निष्काशन गर्ने भएको छ । चुक्ता पुँजीको कम्तीमा २५ प्रतिशत ऋणपत्र जारी गर्नुपर्ने राष्ट्र बैंकको व्यवस्थाअनुसार वाणिज्य बैंकले १ हजार रुपैयाँ अंकित मूल्यमा २५ लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो ।

निष्काशन गरिने ऋणपत्रमध्ये १५ लाख कित्ता परिपत्र विधि तथा १० लाख कित्ता सार्वजनिक निष्काशन प्रक्रियाबाट बिक्री गर्ने बैंकले जनाएको छ । ६ वर्ष अवधिको ऋणपत्रको ब्याजदर १०.२० प्रतिशत हुने र ६/६ महिनामा व्याज भुक्तानी हुनेछ ।

छुटाउनु भयो कि ?