
कम्पनीको लापरवाहीले दाहालको मृत्यु भएको भन्दै पीडित पक्ष धर्नामा
काठमाडौं – स्काभेटर दूर्घटनामा परि निधन भएका चालकको परिवारले उचित क्षतिपूर्ती नपाएपछि मृतकका परिवारले धर्ना दिएका छ्न ।
केहि दिन अगाडी मुस्ताङको थासाङ गाउँपालिका–४ घैकु भीरमा स्काभेटर दुर्घटना हुँदा स्काभेटर चालक सिन्धुपाल्चोकका अर्जुन दाहालको मृत्यु भएको थियो । मृतक सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका ५ का ३२ बर्षिय अर्जुन लोक गायीका कल्पना दाहालका दाइ हुन् ।
कम्पनीकै लापरवाहीका कारण सो दूर्घटना भएको भन्दै पिडित पक्षले २० लाख क्षतिपुर्ति माग गरेका छ्न । पिडित पक्षका अनुसार उक्त कम्पनिले सहचालक र साइड इन्जिनिएर समेत नराखि लापरवाहीपूर्ण ढंगले काम गरेका थिए ।
तर कम्पनीले भने बिमाले दिने ५ लाख रुपैयाँ र केहि कृया खर्च मात्रै दिने भनेपछि पिडित पक्ष कम्पनीको गेटमा शान्तीपूर्ण धर्नामा उत्रेका हुन् । शर्मा गजुरमुखी जेबि कम्पनीले जिम्मा पाएको उक्त सडक खण्डमा पटकपटक दुर्घटना हुने गरेको छ ।