Madhyabindu News App
स्वास्थ्य

कोरोनाभाइरसको प्रमुख लक्षण रुघा नभएको अध्ययनको निष्कर्ष

Madhyabindu Online


A A- A+

एजेन्सी – कोरोना भाइरस (कोभिड–१९)को प्रमुख लक्षण मानिएको फ्लू (रुघा) वास्तवमै प्रमुख लक्षण नभएको पाइएको छ । गत फ्रेबुअरी १६ देखि २४ सम्म चिनको स्थलगत अध्ययनका आधारमा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र चीन सरकारले संयुक्त रुपमा गरेको अध्ययनले रुघा कोरोना भाइरसको प्रमुख लक्षण नभएको देखाएको हो ।

यसअघि कोभिड—१९ का लक्षण र रुघाका लक्षण समान भएको अनुमान गरिदै आइएको थियो । तर, कोरोना संक्रमण पुष्टि भएको ५५ हजार ९२४ केसको अध्ययन गर्दा नगन्यमा मात्र रुघाको लक्षण देखिएको पाइयो ।

अध्ययनले ल्याव परिक्षणबाट कोविड—१९ निश्चित भएका तथ्यांकलाई केलाउँदा ८७.९ प्रतिशतमा ज्वरो देखिएको थियो । त्यस्तै, ६७.७ प्रतिशतमा सुख्खा खोकी, ३८ प्रतिशतमा आलश्यता, ३३ प्रतिशतमा निमोनिय, १८ प्रतिशतमा श्वास फेर्न गाह्रो हुने, १४ प्रतिशतमा घाँटी दुख्ने, १३ प्रतिशतमा टाउको दुख्ने, १५ प्रतिशतमा जिउ दुख्ने, १४ प्रतिशतमा निमोनिया जस्ता लक्षण देखिएका थिए । नाकबाट सिगान बग्ने लक्षण ४ प्रतिशतमा मात्र देखिएको अध्ययनपछि सार्वजनिक प्रतिवेदनमा उल्लेख छ ।

भाइरस संक्रमण भएको ५ देखि ६ दिन भित्रमा लक्षणहरु देखिने र कतिपयलाई १४ दिनसम्म पनि देखिन सक्ने जनाइएको छ । निश्चित भएका मध्ये ८० प्रतिशतमा कुनै लक्षण नै नदेखिएको प्रतिवेदनमा उल्लेख छ ।

यस अध्ययनलाई कोरोनाका विषयमा भएको अहिलेसम्मकै ठूलो र आधिकारीक अध्ययन मानिएको छ । अध्ययनले कोविड—१९ कोे विषयमा थप नयाँ रणनीति बनाउन सहज भएकोे संगठनले उल्लेख गरेको छ ।

छुटाउनु भयो कि ?