Madhyabindu News App
खेलकुद

बी डिभिजन लिग १२ गतेसम्मका लागि स्थगित

Madhyabindu Online


A A- A+

(काठमाडौं) – अखिल नेपाल फुटबल संघ एन्फाले चैत्र १२ गतेसम्मका लागि शहिद स्मारक बी डिभिजन लिग स्थगित गरेको छ । मंगलबार विज्ञप्ति जारी गर्दै एन्फाले बी डिभिजन लिग स्थगित गरेको जनाएको छ ।

राखेपको निर्देशन अनुसार हाल भइरहेको सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबल, एन्फाले आयोजना गर्ने गोष्ठी, सेमिनार र अन्य प्रतियोगिता लगायतका कार्यक्रम एवं धरान, बुटवल र ललितपुरका एन्फा टेक्निकल सेन्टर तथा एन्फा सचिवालय सहित चैत १२ सम्मका लागि बन्द रहने एन्फा महासचिव इन्द्रमान तुलाधरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

विश्वव्यापी रुपमा कोरोनाको त्रास बढिरहेका बेला नेपालमा पनि यसको संक्रमण आउन सक्ने भन्दै राष्ट्रिय खेलकुद परिषदले बी डिभिजन लिग बन्द गर्न निर्देशन दिए पनि एन्फाले चैत्र १२ गतेसम्मका लागि स्थगित गरेको हो ।

यसका साथै यसअघि यही २६ गते तोकिएको एन्फाको वार्षिक साधारण सभा पनि अर्को सूचना जारी नहुँदासम्मका लागि स्थगित गरिएको छ । साधारण सभामा कोरोना भाइरसका कारण फिफा र एएफसीबाट प्रतिनिधि आउन असमर्थ भएपछि एन्फाले साधारण सभा स्थगित गरेको हो ।

छुटाउनु भयो कि ?