Madhyabindu News App
आर्थिक

राष्ट्र बैंकले विद्युतीय भुक्तानीको सीमा बढायो

Madhyabindu Online


A A- A+

(काठमाडौं) – नेपाल राष्ट्र बैंकले नोटमार्फत कारोबार गर्दा कोरोना भाइरसको संक्रमणको जोखिम बढेको भन्दै विद्युतीय भुक्तानीको सीमा बढाएको छ । नेपाल राष्ट्र बैंकले मोवाइल बैंकिङ र वालेटबाट हुने भुक्तानी सम्बन्धी कारोबार गर्ने सबै संस्थाहरुलाई परिपत्र गर्दै कारोबारको सीमा बढाइएको जानकारी दिएको हो ।

राष्ट्र बैंकको निर्देशन अनुसार मोवाइल बैंकिङ वा कोडमार्फत भुक्तानी गर्दा १ दिनको सीमा १ लाख र महिनाको सीमा १० लाख रुपैयाँ पु¥याइएको छ । यस अघि प्रतिदिन ५० हजार रुपैयाँ र प्रति महिना २ लाख रुपैयाँमात्रै कारोबार गर्न पाइन्थ्यो । यस्तै, इन्टरनेट बैंकिङ (मर्चेन्ट) मार्फत एक दिनमा १० लाख र एक महिनामा ३० लाख रुपैयाँसम्म भुक्तानी गर्न पाइने भएको छ ।

यस्तै इन्टरनेट बैंकिङ मार्फत अकाउन्टमा पैसा ट्रान्सफर गर्दा एक दिनमा १० लाख र एक महिनामा ५० लाख रुपैयाँसम्म भुक्तानी गर्न पाइने भएको छ । यसैगरी वालेटबाट अन्य बैंक खातामा कारोबार बढाएर प्रतिकारोबार २५ हजार, प्रतिदिन १ लाख र प्रति महिना ५ लाख रुपैयाँसम्मको सीमा तोकेको राष्ट्र बैंकले जनाएको छ ।

यसअघि प्रति कारोबार भनेर तोकिएको थिएन भने प्रतिदिन २५ हजार रुपैयाँ र प्रतिमहिना ५० हजार रुपैयाँमात्रै कारोबार गर्न पाइन्थ्यो । एक वालेटबाट अर्को वालेटमा ट्रान्सफर गर्ने सीमा पनि र प्रतिकारोबार २५ हजार, प्रतिदिन १ लाख र प्रति महिना ५ लाख रुपैयाँ नै तोकिएको छ । एउटा वालेटबाट अर्को वालेटमा पनि एक पटकमा २५ हजार, एक दिनमा एक लाख र एक महिनामा पाँच लाख रुपैयाँ पठाउन सकिनेछ ।

यस्तै बैंक खाताबाट वालेटमा पैसा पठाउँदा एक पटकमा २५ हजार, एक दिनमा एक लाख र एक महिनामा पाँच लाख रुपैयाँसम्म पठाउन सकिनेछ । यस्तै वालेटबाट बैंकमा पठाउँदा एक पटकमा २५ हजार, एक दिनमा एक लाख र एक महिनामा पाँच लाख रुपैयाँसम्म ट्रान्सफर गर्न सकिने राष्ट्रबैंकले जनाएको छ ।

छुटाउनु भयो कि ?