Madhyabindu News App
मुख्य खबर​

कोरोना फैलन नदिन मुलुकभरका हब अस्पतालमा ज्वरो क्लिनिक

ज्वरो क्लिनिक सञ्चालन र सामग्री खरिद गर्न १० लाख रुपैयाँ निकासा

Madhyabindu Online


A A- A+

(काठमाडौं) – सरकारले मुलुकभरका हब अस्पतालका लागि फिवर (ज्वरो) क्लिनिक सञ्चालन गर्न प्रति अस्पताल १० लाख रुपैयाँ उपलब्ध गराएको छ । सरकारले कोरोनाको शंकामा जाँचका लागि आएका बिरामीलाई राख्न छुट्टै फिभर क्लिनिक सञ्चालन गर्न लागेको हो ।

कोरोना संक्रमण फैलन नदिन केन्द्र र प्रदेशका २५ हब अस्पतालमा ज्वरो क्लिनिक सञ्चालन गर्ने गर्न प्रति अस्पताल १० लाख रुपैयाँ उपलब्ध गराएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको नियमित बिफ्रिङमा स्वास्थ्य सचिव यादव कोइरालले ज्वरो आउने, रुघा लाग्ने जस्ता लक्षण देखिएर कोरोनाका शंकामा जाँचका लागि आएका बिरामीलाई राख्नका लागि २५ हब अस्पताललाई ज्वरो क्लिनिक सञ्चालनको तयारी र आवश्यक सामग्री खरीद गर्न १० लाख रुपैयाँका दरले बजेट निकासा गरिएको जानकारी दिए ।

शंकास्पद बिरामीको जाँचका लागि सरकारले बनाएको पीपीईको मापदण्ड अपनाउन उनले आग्रह गरे । उनले भने, ‘साधारण रुघाखोकी लागेको बिरामीको जाँच गर्नका लागि भनेर पीपीई गाइड लाइन बनाएका छौँ र पीपीई गाइड लाइन अनुसार उपचारमा संलग्न हुन भनिएको छ ।’

विदेशबाट आएका व्यक्तिलाई आफ्नो क्षेत्रमा क्वारेण्टीनमा राख्न सबै स्थानीय तहलाई निर्देशन दिएको पनि उनले बताए । विदेशबाट आउँदैमा डराइहाल्नुपर्ने अवस्था नभएको भन्दै उनले सेल्फ क्वरेण्टीनमा बस्न आग्रह गरे । उनले अहिले सम्म शंका लागेका ७ सय भन्दा बढी नमुनाको परीक्षण गरिएको र ती मध्ये ३ जनामा मात्रै देखिएको जानकारी दिए ।

मुलुकभरका २५ हब अस्पतालहरु :
महाकाली अञ्चल अस्पताल
डडेलधुरा अस्पताल
सेती प्रादेशिक अस्पताल
भेरी अस्पताल
राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान

राप्ति प्रादेशिक अस्पताल
लुम्बिनी अस्पताल
भरतपुर अस्पताल
नारायणी अस्पताल
जनकपुर अस्पताल

गजेन्द्र नारायण सिहं सगरमाथा अस्पताल
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान
कोशी अस्पताल
मेची अस्पताल
धुलिखेल अस्पताल

पाटन अस्पताल
भक्तपुर अस्पताल
सिभिल अस्पताल
शिक्षण अस्पताल
विरेन्द्र सैनिक अस्पताल

वीर अस्पताल
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
धौलागिरी अंचल अस्पताल
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान
प्रादेशिक अस्पताल सुर्खेत

छुटाउनु भयो कि ?