Madhyabindu News App
आर्थिक

कोरोना प्रभावित ऋणीका लागि राष्ट्र बैंकको राहत प्याकेज

Madhyabindu Online


A A- A+

(काठमाडौं) – कोरोना भाइरस (कोभिड–१९) को संक्रमणसँगै अर्थतन्त्रमा ठूलो क्षति पुगेको भन्दै नेपाल राष्ट्र बैंकले प्रभावितका लागि राहात प्याकेज सार्वजनिक गरेको छ । जसअनुसार कोरोनाले असर परेका क्षेत्रका ऋणीले चैतमा तिर्नुपर्ने कर्जाको म्याद असार मसान्तसम्म सारिएको छ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोनाको महामारीका कारणले उत्पन्न असहज परिस्थितिमा मुलुकको पर्यटन, उद्योग, व्यापार, व्यवसाय, तथा वित्तीय क्षेत्र समेत प्रभावित भएका छन् । बैंकले कोरोना प्रभावित्र क्षेत्रलाई लक्षित गरी राहतको प्याकेज घोषणा गरेको हो ।

चैत मसान्तभित्र बैंकलाई तिर्नुपर्ने साँवा ब्याज (किस्ता) भुक्तानीका लागि ग्राहकले तीन महिना समय पाएका छन् । यसअनुसार चैतसम्म तिर्नुपर्ने किस्ता रकम आउँदो असारसम्म तिरे अतिरिक्त शुल्क लाग्दैन । राष्ट्र बैंकले नेपाल राष्ट्र बेंक ऐन २०५८ को दफा ७९ ले दिएको अधिकार प्रयोग गरी क, ख, ग र घ वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई प्रभावित क्षेत्रमा छुट प्रदान गर्न निर्देशन दिएको हो ।

यस्ताे छ राष्ट्र बैंकले गरेकाे व्यवस्था :

 https://drive.google.com/file/d/1iSmfwxyCCqG_9dX4qOkQsL7NVIOGDwoi/view

 

छुटाउनु भयो कि ?