Madhyabindu News App
खेलकुद

बार्सिलोनाका खेलाडी आफ्नो पारिश्रमिक कटौती गर्न सहमत

Madhyabindu Online


A A- A+

(एजेन्सी) – स्पेनिस क्लब बार्सिलोनाका खेलाडी आफ्नो पारिश्रमिक कटौती गर्न सहमत भएका छन् । बार्सिलोनाका निर्देशक, बोर्ड सदस्य तथा बास्केटबल खेलाडी समेत तलब कटौतीका लागि सहमत भएको क्लबले जनाएको छ ।

लियोनल मेसीले पनि बार्सिलोनाका खेलाडीले आफ्नो तलब ७० प्रतिशत काटेर लिने भएको बताएका छन् । कोरोना भाइरसको संक्रमणले पूरा स्पेन आक्रान्त भइरहेको बेला क्लबलाई आर्थिक रूपमा सहयोग गर्न खेलाडीले यो निर्णय गरेका हुन् ।

कोरोना भाइरस (कोभिड–१९) को महामारीले आर्थिक संकटबाट गुज्रन सक्ने अवस्थालाई नियाल्दै क्लबले खेलाडीको ७० प्रतिशत पारिश्रमिक कटौती गर्ने निर्णय गर्दा बार्सिलोनाको ‘ड्रेसिङ रुम’ विभाजित बनेको थियो । तर, पछि खेलाडीहरुले क्लबको अवस्थालाई ध्यानमा राख्दै ७० प्रतिशत पारिश्रमिक कटौतीका लागि सहमत भएका हुन् ।

बार्सिलोनाका कप्तान लियोनल मेस्सीले क्लबलाई सहयोग गर्ने उपायको खोजी गर्दा यस कदममा ढिला भएको बताए । यसअघि इटालियन क्लब युभेन्टस, जर्मन क्लब बायर्न म्युनिख र बोरुसिया डर्टमण्डका खेलाडी तलब कटौतीका लागि सहमत भएका थिए । स्पेन ११ अप्रिलसम्म लकडाउन गरिएको छ । कोरोनाको कारण स्पेनमा ७ हजार बढीले ज्यान गुमाइसकेको छ । स्पेनमा पनि विशेष गरी क्याटलान क्षेत्र बढी प्रभावित छ ।

छुटाउनु भयो कि ?