Madhyabindu News App
अन्तर्राष्ट्रिय

अमेरिका कोरोना संक्रमणको केन्द्रबिन्दु, एकैदिन ९१७ को मृत्यु

Madhyabindu Online


A A- A+

(काठमाडौं) – पछिल्लो समय अमेरिका कोरोनो भाइरस (कोभिड १९) संक्रमणको केन्द्रबिन्दु बनेको छ । अमेरिकामा कोरोना संक्रमितको संख्या दिनहुँ बढ्दो छ । अमेरिकामा पछिल्लो २४ घण्टामा १५ हजार भन्दा बढी संक्रमित थपिएका छन् ।

बिहीबार बिहानसम्म त्यहाँ कोरोना भाइरस संक्रमितको संख्या २ लाख १५ हजार १ सय ७५ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै अमेरिकामा कम्तीमा पनि ९ सय १७ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

संक्रमणका कारण त्यहाँ ५ हजार १ सय १० जनाको मृत्यु भईसकेको छ । जनवरी १० मा पहिलो संक्रमण पुष्टि भएयता अमेरिकामा एकैदिन सबैभन्दा बढी मृत्यु भएको हो ।

कोरोनाको संक्रमणबाट अमेरिकाको न्युयोर्कमा मात्रै अहिलेसम्म एक हजार ९ सय ४१ जनाको ज्यान गईसकेको छ । संक्रमितको संख्या करीब ८३ हजार पुगेको छ । न्युयोर्कलाई कोरोना भाइरसको नयाँ इपिसेन्टर बनेको छ ।

छुटाउनु भयो कि ?