Madhyabindu News App
स्वास्थ्य

बाजुराका निजी क्षेत्रका एक स्वास्थ्यकर्मीको सरकारलाई प्रश्न ?

Madhyabindu Online


A A- A+

बाजुरा, साथीहरु फार्मेसी पढेर युरोप गए,बिदेशीय, म फार्मेसी पढेर जन्म भुमी,बाजुरा फर्किएर फार्मेसी खोले।चिनको वुहान बाट फैलिएको कोरोना भाइरसको बीउ आज बिश्वभर फैलिरहदा मानव अस्तित्व, सिङ्गो जगत आक्रान्त भएको छ।बिश्वका शक्तिशाली कहलिएका संगै करिब २०० भन्दा बढी देश डगमगाएका र हजारौंले मृत्युवरण,लाखौंको संख्यामा संक्रमण सङ्ग लडिरहेको तितो यथार्थमा सेवाका कयौं स्वास्थ्यकर्मी पनि अछुत रहेनन् ।सिंहदरबार /नेपाल सरकारले कोरोना संक्रमण रोक्न लकडाउन, क्वारेन्टाइनको निर्णय धेरै दिन बितिसक्दा देश ठप्प बन्यो।दुर्गमको बाजुरा जिल्ला पनि प्रभावित भयो ।सरकारले संक्रमण रोक्ने अत्यावश्यक मास्क, पिपिई, ग्लोब, थर्मोमिटर, स्यानिटाईजर उपकरण नपाएका नेपाल सरकार मातहतका स्वास्थ्य सस्था, स्वास्थ्यकर्मी इमर्जेन्सी फिभर क्लिनिक मात्र सन्चालन गरिरहन बाध्य छन् ।देशभरी एकातिर गर्मियाममा मौसमी रुघाखोकी, ज्वरो, टाइड्फाइड, पखालाका बिरामी बढिरहेको ,बढ्ने समयमा निजि अस्पताल, फार्मेसी, क्लिनिक संचालक हरुले सामान्य मास्क समेत नपाएको स्थितिमा पनि सेवा दिइरहेका छन् ।बाजुरा जिल्लाको अत्यधिक जनसंख्या रहेको बुढिगङगा, त्रिबेणि, खप्तड छेडेदहको प्रमुख केन्द्र फालासैन स्थित मालिका मोडेल फार्मेसी २४ औं घण्टा सर्बसाधारणको स्वास्थ्य सेवा, कोरोना समन्धी जनचेतनामूलक कार्यक्रममा लागेका छौ, ।सरकारले निजि अस्पताल, निजि क्लिनिक, फार्मेसी बन्द नगर्न निर्देशन गरेको छ। दुरदराज, ग्रामीण क्षेत्रमा अहिले सामान्य मास्क सङै अत्यावश्यक औसधि आपूर्तिमा असहज भैरराखेको स्थितिमा आफ्नो जिउको बाजि राखेर सेवा दिईरहन स्वास्थ्यकर्मी बाध्य छौ।मौसमी बिरामिको चाप बढ्नु,संक्रमण रोक्ने सामाग्रीको हदै सम्म अभाव हुनु र लकडाउनले कतिपय बाध्यता बस बिरामी घरमै बसिरहेका, आपतकालीन, दीर्घ रोगका बिरामीले निजि अस्पताल, क्लिनिक, फार्मेसीमा आउने बिरामील पनि पाउने सेवामा समस्या परेको छ।कोरोना संक्रमण रोक्ने उपकरण सरकारी स्वास्थ्यकर्मि लाई प्रयाप्त नभएको र निजि स्वास्थ्यकर्मिले सामान्य मास्क किन्न समेत नपाइने बजार हेर्दा कतै हामी इटाली, स्पेन, चीन, अमेरिकाका स्वास्थ्यकर्मीको अबस्था जस्तै गुज्रिने चिन्ताजनक स्थिति छ।नेपाल सरकारले सरकारी स्वास्थ्यकर्मि लाई कोरोना संक्रमण रोक्ने उपकरण संगै २५ लाख बराबरको स्वास्थ्य बिमा गर्ने नीति लिरहदा शहरमा होस या दुर्गम बस्तीमा प्राइभेट/ निजि सामुदायिक स्वास्थ्य सेवामा खट्ने स्वास्थ्यकर्मीका लागि सोच्ने कि नसोच्ने ?यो जिम्मेवारी कस्को हो ?निजि स्वास्थ्य सेवा प्रदायक लाई बाहेकमा राखेर, औसधि आपूर्ति तथा संक्रमण रोक्ने उपकरण उपलब्धमा सहजता सरकारले ध्यान दिएन भने देशले ठुलो भयावह, सेवाको इच्छाशक्ति, धन राशी,दक्ष जनशक्ति गुमाउने परिस्थिति आउन सक्ने निश्चित देखिन्छ।सरकारले हिम्मत गरोस्, हामी कोरोना सङ्गको युद्धमा होमिरहेका र होमिन तयार छौ।

भरत बुढा (बाजुरा )

सचिब नेपाल फार्मेसी संघ सुदुरपश्चिम प्रदेश

छुटाउनु भयो कि ?