Madhyabindu News App
आर्थिक

श्रमिकको जिम्मेवारी सरकारले लिनु पर्छ – इण्डष्टिअल अध्यक्ष रिजाल

Madhyabindu Online


A A- A+

काठमाडौ , ग्लोबल युनियन, इण्डष्टिअल, नेपाल आबद्ध परिषदका अध्यक्ष एवं नेपाल इम्ब्रोइडरी हस्ताकला तथा सिलाई बुनाई श्रमिक संघका अध्यक्ष तेज प्रसाद रिजालले श्रमिकको सम्पुर्ण जिम्मेवारी सरकार र उद्योगपतिले लिनु पर्ने बताउनु भएको छ । संघले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै यस्तो विचार सार्वजनिक गरेका हुन् । अध्यक्ष रिजाल हस्ताक्षरित विज्ञप्तिमा – कोरोना भाईरसको महामारी व्याप्त रहेको विषम परिस्थितिमा अत्यावश्यक क्षेत्रसंगै अन्य उद्योगहरु पनि संचालन गर्न लागेको विषयले हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । हाल संचालनमा रहेको अत्यावश्यक क्षेत्रको उद्योगमा समेत कोरोना भाइरसबाट बच्ने पिपिई र बच्ने उपायको प्रभावकारी अवलम्बन नगरिरहेको अवस्थामा अन्य उद्योगहरु समेत संचालनमा ल्याउदा कोरोना भाइरसको महामारीमा उद्योगहरु पर्ने निश्चित छ ।

अत्यावश्यक सेवाको उद्योगमा कार्यरत श्रमिकहरुलाई समेत सरकारले भने बमोजिमको पिपिई , भौतिक दुरिको व्यवस्थापन लगायत बच्ने उपायको उचित व्यवस्थापन नभएको वर्तमान अवस्थामा हचुवाको भरमा उद्योग संचालनमा ल्याउदा महामारीको जोखिम बढ्ने सम्भावना उत्तिकै छ । यस्तो अवस्थामा उद्योग संचालन भन्दा पनि श्रमिकहरुलाई विषेश लक्षित गरि मुर्त खालको राहत प्याकेज ल्याउन विशेष आग्रह गर्दछौ । साथै हाल संचालनमा रहेको उद्योगमा कार्यरत श्रमिकलाई पिपिई र सुरक्षित कार्यवातावरण छ छैन विशेष अनुगमन गर्नु पर्ने र यदि महामारीको यस जटिल अवस्थामा समेत श्रमिक र नागरिकको स्वास्थ्यलाई ख्याल नगरी केवल उद्योग चलाउने कार्यले भोलिका दिनमा केहि अप्रिय घटना र महामारी सृजना भए सरकार र उद्योगपति नै जिम्मेवार हुनु पर्ने उल्लेख गरेका छन् । इण्डष्टिअल, कारखाना, गलैंचा,टेक्स्टाईल,गार्मेन्ट,टेलरिङ्ग र विभिन्न प्रकृतिका उद्योगमा कार्यरत श्रमिकहरुको अन्तर्राष्ट्रिय युनियन हो ।

छुटाउनु भयो कि ?