Madhyabindu News App
आर्थिक

अमेरिकी डलरको मूल्य फेरि बढ्यो

Madhyabindu Online


A A- A+

(काठमाडौं) – अमेरिकी डलरको भाउ सोमबार फेरि बढेको छ । नेपाल राष्ट्र बैंकले सोमबार अमेरिकी डलर १ को खरिददर १ सय २१ रुपैयाँ ६८ पैसा, बिक्रीदर १ सय २२ रुपैयाँ २८ पैसा तोकेको छ ।

आइतबार एक अमेरिकी डलरको खरिददर १२१ रुपैयाँँ ५८ पैसा र बिक्रीदर १२२ रुपैयाँ १८ पैसा निर्धारण गरेको थियो । गत शुक्रबार एक अमेरिकी डलरको खरिददर १२० रुपैयाा ६० पैसा र बिक्रीदर १२१ रुपैयाँ २० पैसा थियो । उच्च बिन्दुमा पुगेपछि डलरको भाउ तलमाथि हुने क्रम जारी छ ।

कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा डलरको भाउ थप चुलिएको हो । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निकै तल्लो बिन्दुमा झरेको छ । विश्वका प्रमुख देशहरुको सेयर बजारमा पनि ह्रास आएको छ । भारतीय रुपैयाा कमजोर हुँदा नेपालमा पनि डलरको भाउ महागो भएको हो । भारुसँग स्थिर विनियम दर भएकाले भारु कमजोर हुादा नेपाली रुपैयाँ पनि कमजोर नै हुने गर्छ ।

नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी विनिमय दर यसप्रकार तोकेको छ । अमेरिकी डलर १ को खरिददर १ सय २१ रुपैयाँ ६८ पैसा, बिक्रीदर १ सय २२ रुपैयाँ २८ पैसा कायम भएको छ । युरो मुद्रा १ को खरिददर १ सय ३१ रुपैयाँ ५२ पैसा तथा बिक्रीदर १ सय ३२ रुपैयाँ १७ पैसा रहेको छ । यस्तै, यूके पाउण्ड स्र्टलिङ १ को खरिददर १ सय ४९ रुपैयाँ २१ पैसा र बिक्रीदर १ सय ४९ रुपैयाँ ९४ पैसा कायम भएको छ । अष्ट्रेलियन डलर १ को खरिददर ७२ रुपैयाँ ९८ पैसा छ भने बिक्रीदर ७३ रुपैयाँ ३४ पैसा रहेको छ ।

साउदी अरबियन रियाल १ को खरिददर ३२ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५१ पैसा कायम भएको छ । कतारी रियल १ को खरिददर ३३ रुपैयाँ १९ पैसार बिक्रीदर ३३ रुपैयाँ ३५ पैसा तोकिएको छ । यूएई दिहम १ को खरिददर मूल्य ३३ रुपैयाँ १३ पैसा र बिक्रीदर ३३ रुपैयाँ २९ पैसा कायम भएको छ । मलेसियन १ रिङगिटको खरिद मूल्य २७ रुपैयाँ ९२ पैसा र बिक्रीदर २८ रुपैयाँ ५ पैसा रहेको छ ।

दक्षिण कोरियाली वान १ सयको खरिददर ९ रुपैयाँ ८४ पैसा बिक्रीदर ९ रुपैयाँ ८९ पैसा कायम भएको छ । जापानीज यन १० को खरिददर मूल्य ११ रुपैयाँ २२ पैसा र बिक्रीदर ११ रुपैयाँ २७ पैसा तोकिएको छ । केन्द्रीय बैंकले तोकेको आजको विनिमय र बिक्रीदरमा वाणिज्य बैंकले केही रकम थप गरेर मूल्य तोक्न सक्ने छन् ।

छुटाउनु भयो कि ?