Madhyabindu News App
लुम्बिनी प्रदेश

नेपाल निर्माण तथा सम्बद्ध श्रमिक संघद्वारा राहत वितरण

Madhyabindu Online


A A- A+

(बुटवल) – विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड- १९) का कारण अहिले मुलुक लकडाउनको अवस्थामा छ । विगत १३ दिनदेखिको लगातार बन्द अवस्थामा बस्नुपर्दा आम नागरिकको दैनिकी कष्टकर बन्दै गएको छ । अझै दैनिक ज्यालादारी गरेर जीवनयापन गर्दै आएका श्रमिकहरुको दिनचर्या झन खराब बन्दै गएको छ भने कतिपयको घरमा चुल्हो बल्न धौ धौ परेको अवस्था छ ।

यसै कुरालाई मध्यनजर गर्दै नेपाल निर्माण तथा सम्बद्ध श्रमिक संघ (काउन) ले आज प्रदेश नं ५ को रुपन्देही र बुटवलमा राहत वितरण गरेको छ । प्रति व्यक्ति दुई हजार नगद सहित चामल २५ केजी, तेल २ लिटर, नुन २ केजी, आँटा ५ केजी, दाल २ केजी र सोयाबिन १ केजी राहत कपिलवस्तुको बाणगंगामा ९०० जना र बुटवलमा ४०९ गरी कुल एक हजार तिनसय नौजना श्रमिकलाई वितरण गरिएको कुरा काउनका केन्द्रिय महासचिव प्रदीप आचार्यले जानकारी दिए ।

काउन जिल्ला समिति कपिलवस्तु र वाणगंगा इकाई समितिले आफ्नै स्रोतबाट संकलन गरिएको राहत काउनका राष्ट्रिय अध्यक्ष जेबि गुरुङ, प्रदेश ५ का अध्यक्ष बाबुराम चौधरी, केन्द्रीय सदस्य राम अवतार चौधरी, बुटवल नगर अध्यक्ष सूर्य देवदास लगायत जिल्ला समितिको उपस्थितिमा कपिलवस्तु र बुटवलमा छुट्टाछुट्टै वितरण गरिएको हो ।

छुटाउनु भयो कि ?