Madhyabindu News App
मुख्य खबर​

विदेशबाट आएकालाई अनिवार्य क्वारेनटाईनमा राख्न सर्वोच्चको आदेश

Madhyabindu Online

(काठमाडौं) – सर्वोच्च अदालतले विदेशबाट फर्किएका नेपालीहरुलाई अनिवार्य क्वारेन्टाइनमा राख्न सरकारका नाममा आदेश जारी गरेको छ । विभिन्न कानून ब्यवसायीहरुले दायर गरेको रिट निवेदनको एकमुष्ट सुनुवाइ गर्दै न्यायाधीशद्वय हरिकृष्ण कार्की र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले विदेशबाट आएका सबैलाई स्थानीय तहमार्फत खोजी गर्दै क्वारेन्टाइनमा राख्न आदेश गरेको हो ।

सर्वोच्चले विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार क्वारेन्टाइन बनाउन पनि आदेश दिएको छ । अनि राहत वितरणमा पारदर्शी गर्न आदेश दिएको छ ।

दुर्गममा कोही संक्रमित भएमा र उपचार गर्नुपर्ने भएमा हेलिकप्टरको बन्दोबस्त गरेर समेत अस्पतालसम्म पुऱ्याउन पनि आदेशमा भनिएको छ । यस्तै सर्वोच्चले कोभिड १९ संक्रमितको आकस्मिक लगायतका सबै उपचार गर्न पनि आदेश दिएको छ ।

Tags

छुटाउनु भयो कि ?