Madhyabindu News App
मुख्य खबर​

निजी अस्पतालका चिकित्सकलाई पनि सरकारी सुविधा

Madhyabindu Online

(काठमाडौ) – कोरोना भाइरस संक्रमितको उपचारमा खटिने निजी अस्पतालमा कार्यरत चिकित्सकलाई पनि सरकारी चिकित्सक सरह सेवा, सुविधा उपलब्ध गराउने निर्णय सरकारले गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले निजी अस्पतालमै बसेर कोरोना सम्बन्धी उपचारमा संलग्न भएपनि उनीहरुको तलबभत्ता सरकारले नै ब्यहोर्ने निर्णय गरेको हो ।

कोरोना नियन्त्रण तथा रोकथाममा खटिने चिकित्सक, नर्स र सुरक्षाकर्मीको मनोबल उकास्न सत प्रतिशत भत्ता दिने निर्णय यसअघि नै गरिसकेको छ । कोरोनाको महामारीको लागि खटिने स्वास्थ्य स्वयंसेविकाहरुलाई सरकारले १५ सय भत्ता उपलब्ध गराउने निर्णय पनि बैठकले गरेको अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले बताए ।

आइतबार कोरोना रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिले देशमा रहेका ५० हजार स्वयंसेविकालाई परिचालन गर्ने जनाएको थियो । यस्तै, सरकारले क्वारेन्टिनको मापदण्डलाई पनि केही परिवर्तन गरेको छ । अब क्वारेन्टिमा रहेका हरेकको १४ दिन बसेपछि र्यापिड डाइगनोस्टिक टेस्ट गरेपछि मात्र घर पठाइने छ । साथै उनीहरूले त्यहाँ पनि अनिवार्य एक साता होम क्वारेन्टिनमा बस्नुपर्ने छ ।

Tags

छुटाउनु भयो कि ?