Madhyabindu News App
आर्थिक

अमेरिकी डलर हालसम्मकै महँगो

Madhyabindu Online


A A- A+

(काठमाडौं) – अमेरिकी डलर भाउ बिहीबार फेरि बढेको छ । राष्ट्र बैंकले बिहीबारका लागि एक अमेरिकी डलरको विनिमय दर १ सय २२ रुपैयाँ ५० पैसा (बिक्रीदर) तोकेको छ । यो हालसम्मकै उच्च हो ।

यसअघि यही चैत ११ मा यस्तो विनिमय दर १ सय २२ रुपैयाँ ३४ पैसा थियो । यसअघिको न्यून विनिमय दरको तुलनामा बिहीबार नेपाली मुद्राको भाउ कमजोर भएको हो । यसको अर्थ सोही दरले डलर बलियो (अधिमूल्यन) भएको भन्ने हो ।

बिहीबारका लागि राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिद दर १ सय २१ रुपैयाँ ९० पैसा तोकेको छ । अमेरिकी डलरको तुलनामा भारु कमजोर भएपछि नेरु पनि कमजोर बनेको हो । राष्ट्र बैंकले युरो मुद्रा १ को खरिददर १ सय ३२ रुपैयाँ ५९ पैसा तथा बिक्रीदर १ सय ३३ रुपैयाँ २४ पैसा तोकेको छ ।

यस्तै, यूके पाउण्ड स्र्टलिङ १ को खरिददर १ सय ५० रुपैयाँ ७२ पैसा र बिक्रीदर १ सय ५१ रुपैयाँ ४६ पैसा कायम भएको छ । अष्ट्रेलियन डलर १ को खरिददर ७५ रुपैयाँ ३६ पैसा छ भने बिक्रीदर ७५ रुपैयाँ ७३ पैसा रहेको छ ।

साउदी अरबियन रियाल १ को खरिददर ३२ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५९ पैसा कायम भएको छ । कतारी रियल १ को खरिददर ३३ रुपैयाँ ४८ पैसार बिक्रीदर ३३ रुपैयाँ ६४ पैसा तोकिएको छ । यूएई दिहम १ को खरिददर मूल्य ३३ रुपैयाँ १९ पैसा र बिक्रीदर ३३ रुपैयाँ ३५ पैसा कायम भएको छ । मलेसियन १ रिङगिटको खरिद मूल्य २८ रुपैयाँ २ पैसा र बिक्रीदर २८ रुपैयाँ १६ पैसा रहेको छ ।

दक्षिण कोरियाली वान १ सयको खरिददर १० रुपैयाँ र बिक्रीदर १० रुपैयाँ ५ पैसा कायम भएको छ । जापानीज यन १० को खरिददर मूल्य ११ रुपैयाँ १९ पैसा र बिक्रीदर ११ रुपैयाँ २५ पैसा तोकिएको छ । केन्द्रीय बैंकले तोकेको आजको विनिमय र बिक्रीदरमा वाणिज्य बैंकले केही रकम थप गरेर मूल्य तोक्न सक्ने छन् ।

 

छुटाउनु भयो कि ?