
भिडियो
गायक डा. सुमन थापासँगको पलेँटी श्रृंखला युट्युबमा
(काठमाडौं) – नेपालयले सञ्चालन गर्दै आएको सांगीतिक कार्यक्रम पलेँटीमा संग्रहितगीत केहि वर्षदेखि युट्युबमा अपलोड गर्दै आएको थियो । केही महिनादेखि भने २०१९ मा आयोजित पलेँटी कार्यक्रमका पूरै कार्यक्रमलाई श्रृंखलाबद्ध रुपमा सार्वजनिक गर्दै आइएको छ ।
यसै क्रममा संगीतकार आभास, गीतकार श्रवण मुकारुङका सिर्जनामा आधारित रहेर गायक डा.सुमन थापाद्वारा केहि समयअघि पलेँटीमा प्रस्तुत कार्यक्रमको पहिलो भाग अब सार्वजनिक भएको छ ।